रविसँग भेटेपछि अमेरिकी राष्ट्रपति ट्रम्पका बिशेष दूत गोरले के भने ?

रविसँग भेटेपछि अमेरिकी राष्ट्रपति ट्रम्पका बिशेष दूत गोरले के भने ?


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ बैशाख २०८३
  • 1.9K
    Shares

पोखरा, १९ बैशाख २०८३।

अमेरिकी दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । नेपाल भ्रमणमा रहेको गोरले आज सभापति लामिछानेलाई भेटेका हुन् ।

सभापति लामिछानेसँग अमेरिका–नेपाल साझेदारी सुदृढ गर्ने विषयमा छलफल भएको बताएका छन् । रविसँग भेटका फोटो राख्दै गोरले लेखेका छन्, ‘नेपालमा नयाँ सरकारसँग परिवर्तनका लागि अद्भुत जनादेश छ र उनीहरूले घोषणा गरेका सुधारहरू निकै आशाजनक छन् । आगामी दिनहरूमा नजिकबाट सहकार्य गर्न हामी उत्सुक छौँ ।’

गोरले हिजो परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग पनि भेटेका थिए । रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार बनेपछि अमेरिकाबाट यो दोस्रो उच्चस्तरीय भ्रमण हो ।

यसअघि अमेरिकाका दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री समिर पल कपुर ७ वैशाखमा नेपाल आएका थिए । हाल भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोर ट्रम्पनिकट कुटनीतिज्ञका रूपमा चिनिन्छन् ।

प्रतिक्रिया