कञ्चनपुरमा ‘मुद्दा मिलाइदिन्छु’ भन्दै रकम असुली गर्ने नेकपा निकट विद्यार्थी नेता पक्राउ

कञ्चनपुरमा ‘मुद्दा मिलाइदिन्छु’ भन्दै रकम असुली गर्ने नेकपा निकट विद्यार्थी नेता पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ बैशाख २०८३
  • 1.3K
    Shares

पोखरा, १९ बैशाख २०८३।

कञ्चनपुरमा मुद्दा मिलाइदिने भन्दै रकम असुली गरेको आरोपमा नेकपा निकट विद्यार्थी संगठनका नेता पक्राउ परेका छन्।

नेपाली कम्युनिष्ट पार्टी(नेकपा) निकट अखिल क्रान्तिकारीका कञ्चनपुर इन्चार्ज समेत रहेका भीमदत्त नगरपालिका–३ बस्ने डम्बरबहादुुर कुँवरलाई ‘मुद्दा मिलाइदिने’ भन्दै रकम असुली गरेको आरोपमा मंगलबार प क्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले जानकारी दिए । कुँवरले लागूऔषध सम्बन्धी मुु द्दा मिलाइदिने भन्दै २० हजार रुपैयाँ लिएको डीएसपी शाहीले बताए ।

डिएसपी शाहीका अनुसार, लागूऔषध सम्बन्धी मुद्दा मिलाउने भन्दै २० हजार असुुली गरेको भन्दै वेदकोट नगरपालिका–८ बस्ने देवकी कार्कीले कुँवरविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । सोही आधारमा उनलाई पक्राउ गरेर अपराधिक लाभ लिन नहुने कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको डीएसपी शाहीले बताए ।

प्रतिक्रिया