पोखरा , १५ बैशाख २०८३।
नवलपुरमा चामल बोकेको ट्रकले कारलाई ठक्कर दिंदा पोखराका एक युवाको निधन भएको छ।
नवलपुरको मध्यबिन्दु न.पा.वडा नं. ७ हरियाली जंगल स्थित पूर्व पश्चिम राजमार्गमा दुम्किबासबाट कावासोती तर्फ आउँदै गरेको लु १ ख ९५८० नं. चामल लोड भएको ट्रकले बिपरित दिशाबाट जाँदै गरेको ग.प्र.०१-००१ च ०४७४ नं.को कारलाई ठक्कर दिँदा पोखरा घर भएका कार चालकको निधन भएको हो।
उक्त दुर्घटनमा परेर गम्भीर घाइते भएका पोखरा महानगरपालिका वडा नम्बर २६ स्थित लेखनाथ घर भएका कार चालक ३३ वर्षीय दिपु गुरुङको उपचारका क्रममा ध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
उक्त घटनापश्चात ट्रकका चालकलाई नियन्त्रणमा लिएर आबश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।