लुटेरा समूहको आक्रमणमा एकको मृत्यु

लुटेरा समूहको आक्रमणमा एकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ७ फाल्गुन २०७२
  • 11.2K
    Shares

रोल्पामा लुटेरा समूहको आक्रमणमा परी एक युवकको ज्यान गएको छ । पसल सञ्चालन गर्ने बर्षे घर्तीको लुटेरा समूहले हत्या गरेको हो । घर्तीलाई बिहीबार राति २ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । उनको हत्या सँगै घर्तीको पसलबाट नगद दुई लाख र तीन तोला सुन समेत लुटेर लगेका छ ।
दुई हप्ता अघि मात्र वैदेशिक रोजरारीबाट फर्केका उवा ६ मैदुङगाउँ उनले घोराबाङमा पसल सञ्चालन गरेका थिए । उनी विदेशमा रहँदा उनकी श्रीमतीले पसल सञ्चालन गर्दै आएकी थिइन् । पसलमा सुतिरहेका वेला मुखमा मास्क लगाई आएका ५÷६ जनाको समूहले ढोका फोडेर लुटपाटको प्रयास गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रमेश थापाका अनुसार वर्षेले प्रतिकारको प्रयास गर्दा लुटेराहरुले धारिलो हतियार र लाठीले हिर्काउदा टाउकोमा गहिरो चोट लागेको थियो । गम्भीर घाइते उनको नजिकैको स्वास्थ्य संस्थामा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो ।
‘टाउको, वाँया कान र चिउँदोमा गहिरो चोट छ ।’ प्रनाउ थापा भन्छन, ‘घटना स्थलमा प्रहरी पुगिसकेको छ । लुटेरा समूहको खोजी समेत भईरहेको छ ।’
इलाका प्रहरी चौकी उवामा शुक्रबार विहान ४ वजे घटनाबारे गाउँलेले जानकारी दिएपछि प्रहरी तत्काल घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी निरिक्षक केशव वस्नेतको नेतृत्वमा प्रहरी त्यहाँ पुगेको छ ।
स्थानीयबासीका अनुसार उवामा ६ महिनायता लुटेरा समूहको चलखेल रहेका थिए । असोज महिनामा पनि उवा ८ कै एक गाउँमा वृद्धवृद्धाको घरबाट करिव ८ लाख लुटिएको थियो । त्यसयता पनि फाटफुट रुपमा लुटपाट हुँदै आएको थियो । प्रहरीले लुटेरा समूहको खोजी भईरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान समेत भईरहेको छ ।

प्रतिक्रिया