आगोले दृष्टिविहीनको मृत्यु, गाउँका सबै घर ध्वस्त

आगोले दृष्टिविहीनको मृत्यु, गाउँका सबै घर ध्वस्त


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ फाल्गुन २०७२
  • 12.6K
    Shares

file pic
रोल्पाको दक्षिणी जेदबाङ– ३ जेदबाङ गाउँमा आगलागी हुँदा एक ज्येष्ठ नागरिकको जलेर मृत्यु भएको छ । घटनामा सातवटा घर जलेर नष्ट भएका छन् । आगलागीमा दुईवटा भैंसी र तीनवटा वाख्रा पनि जलेर मरेका छन ।
लालबहादुर कुवँरको दुईतले कच्ची घरबाट सल्किएको आगोले गाउँका सातवटै घर जलेका हुन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रमेश थापाका अनुसार बच्चाले खेल्ने क्रममा आगलागी भएको हो । घरमा आगो लागेपछि निस्कन नसकेर ६० वर्षीय नरबीर कुवँरको जलेर मृत्यु भएको हो । दृष्टिविहीन रहेका उनी घरभित्रै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो सवा चार वजे आगलागी सुरु भएपनि विहीबार विहानमात्र नियन्त्रणमा आएको हो । फुसका छाना भएका घरमा आगो निभाउन मुस्किल भएको थियो । आगो निभाउने प्रयास गर्दापनि गाउँका घरभरी आगो दन्किएको थियो । आगोले जेदबाङ–३ कै लालबहादुर कुवँरको घर र १ भैंसी जलेर नष्ट भएको छ ।
प्रहरी निरीक्षक केशव बस्नेतका अनुसार सोही गाउँका नरबहादुर कुवँरको घर र १ वटा वाख्रा, अम्मर कुवँरको घर, १ भैंसी र दुईवटा वाख्रा जलेका छन । त्यसैगरी प्रेम कुवँर, पशुराम कुवँर, भिमबहादुर कुवँर र बोदीलाल गिरीको घर जलेका हुन । अन्न राख्ने तीनवटा ओरिम पनि जलेका छन । आगलागीबाट घरभित्रका अन्न, लत्ताकपडा, कागजात सबै जलेर नष्ट भएका छन । आगलागीको खवर पाउने वित्तिकै प्रहरी पोष्ट गोगनपानीबाट प्रहरी पुगेको थियो ।
गाउँ नै आगलागी भइरहेको र नियन्त्रणमा लिन गाह्रो भइरहेपछि इलाका प्रहरीचौकी सुलिचौरबाट पनि राति नै प्रहरी निरिक्षक शशीधर अधिकारीको नेतृत्वमा ७ जना प्रहरीको टोली मध्यरातमा जेदबाङ पुगेको थियो । प्रहरी र गाउँलेले आगो विहानसम्ममा नियन्त्रणमा लिइएको प्रनाउ थापाले बताए ।
आगलागीबाट भएको क्षतिको एकिन हुन सकेको छैन । घटना मुचुल्का तयारी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रकोप उद्दार समितिले पीडितका लागि तत्काल राहत सामग्री पठाएको छ । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले चिउरा, चिनी र आवश्यक त्रिपाल, भाँडाकुडा पठाइएको बताए । मृतकका परिवारलाई ४५ हजार र घर जलेका परिवारलाई पाँच हजारका दरले राहत पठाउने कार्य भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार