• जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ फाल्गुन २०७२
  • 9.3K
    Shares

रामेछाप कारागारमा वन्दीजीवन विताई रहेका एक कैदीले सोमबार राति आफ्नै अण्डकोष काटेका छन् । हत्या आरोपमा जेल जीवन विताईरहेको तिल्पुङ्गका भोला बुढाथोकीले अण्डकोष काटेका हुन् । रामेछाप कारागारका जेलर उद्धव बरालका अनुसार उनले कारागारको बाथरुम प्रवेश गरेर दाहिनी अण्डकोष काटेका हुन् । कारागारमा खाना पकाउने काम गर्दै आएका बुढाथोकीले बाथरुम छिरेर पहिले हात काटेका थिए ।

घाउबाट रगत बग्न थालेपछि उनले अण्डकोष काटेका थिए । पीडाले उनी रुन कराउन थालेपछि अन्य कैदीले बुढाथोकीलाई बाथरुमबाट बाहिर ल्याएका थिए ।

उपचारको लागि तत्काल जिल्ला अस्पताल रामेछापमा पुर्‍याइए पनि त्यहाँ उपचार सम्भव नभए पछि थप उपचारको लागि उनलाई काठमाडौँ पठाइएको छ । दुई वर्ष अघि आमालाई बञ्चरो प्रहार गरि हत्या गरेका बुढाथोकीले पारिवारीक तनावका कारण यस्तो हर्कत गरेको हुनसक्ने प्रहरी अनुमान छ ।

प्रतिक्रिया