विप्लव माओवादीका मकवानपुर सेक्रेटरी पक्राउ

विप्लव माओवादीका मकवानपुर सेक्रेटरी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २८ माघ २०७२
  • 10.3K
    Shares

विप्लव माओवादीका मकवानपुर सेक्रेटरी विरबहादुर घलान ज्वालालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई डाँका तथा लुटपाट मुद्धा लगाई माओवादी आन्दोलन धरासाय पार्न खोजिएको नेकपा माओवादी मकवानपुरले जनाएको छ । तर जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरिक्षक मिरा चौधरीले घटनाको आवसश्यक अनुसन्धान भइरहेको बताए ।

मकवानपुर जिल्ला मनहरि गाविस स्थायी घर भएका संयोजक ज्वाला मकवानपुरमा जनयुद्धकालीन समयदेखी नै जनताको पक्षमा लड्दै आएका नेता हुन ।  कालोवजारी नियन्त्रणको अभियानको क्रममा सक्रिय रही राज्यलाई नै सहयोग गरेका ज्वालालाई प्रहरीद्धारा फरार आरोपी बनाई एकाविहानै घरबाट पक्राउ गरेको आफन्तले जनाएका छन ।

नेकपा माओवादीको मकवानपुरले आज विज्ञप्ती जारी गर्दै सेक्रेटरी विरबहादुर घलान ज्वालालाई विना सर्त रिहाइको माग गरेकोे छ । नेकपा  माओवादीले कालोवजारीया तथा भारतिय नाकाबन्दी विरुद्धको आन्दोलनको घोषित कार्यक्रम अनुसार गत मसिंर २६ गते मकवानपुरको बसामाडीमा कालोबजारी गर्दै बसमा ल्याइएको खाना पकाउने एलपि ग्यास र डिजेल पेट्रोल बरामद गरी सर्वसाधरणलाई वितरण गरीएको थियो ।

नेकपा माओवादी अर्धमुमिगत रुपमा देशैभर सगंगठन तथा जनपरीषद घोषणामा केन्द्रीत भएको अवस्थामा सेक्रेटरीलाई पक्राउ गर्नुको अर्थ राज्यले माओवादीसंग युद्ध निम्त्याउदै गएको नेकपा माओवादी मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार