भलले बगाएर पोखरामा १ को मृत्यु, १ बेपत्ता

भलले बगाएर पोखरामा १ को मृत्यु, १ बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ असोज २०७३
  • 11K
    Shares

पोखरामा शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण बजारमा आएको भलले बगाउँदा १ को मृत्यु भएको छ भने १ बेपत्ता भएका छन् ।

पोखरा उपमहानगरपालिका वडा नंं १६ लामाचौर, गैराबारीका ५६ वर्षीय कृष्णबहादुर थापाको मृत्यु भएको हो । भलले बगाएर घाइते भएका थापालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरा–१७ विरौटा चोकबाट भलले बगाउँदा एक व्यक्ति बेपत्ता भएका छन् । हुलिया खुल्न नसकेका उनको फेवा सिँचाइ नहर बिरुवा फाँटमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बाढीकै कारण जोखिममा परेका पोखरा–२६ चङ्खपुरका १३ जनालाई प्रहरीले राति नै उद्धार गरेर सुरक्षित स्थानमा लगेको थियो ।

प्रतिक्रिया