राजविराजमा कांग्रेस अधिवेशन विथोल्न खोज्ने मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

राजविराजमा कांग्रेस अधिवेशन विथोल्न खोज्ने मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ माघ २०७२
  • 12.8K
    Shares

सप्तरीको राजविराज नगरमा भइरहेको नेपाली कांग्रेस अधिवेशन विथाल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा मधेसी मोर्चाका एक जना घाइते भएका छन् । अहिले अधिवेशन स्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कांग्रेसले राजविराज नगरको अधिवेशन केअ माविमा राखेको थियो । तर, मधेसी मोर्चाका कार्यकर्ता अधिवेशन विथाल्न पुगेपछि प्रहरीले रोक्दा झडप भएको हो । झडपमा मधेसी मोर्चाका विद्यार्थी एवं युवा जिल्ला इन्चार्ज घाइते भएका छन् । उनको सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया