कतिले बुझेका छन् ब्याकरण भ्रष्टिकरणको कारण ?

कतिले बुझेका छन् ब्याकरण भ्रष्टिकरणको कारण ?


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २० भाद्र २०७३
  • 13.4K
    Shares

भाषालाई सुधारेर सजिलो बनाउने नाममा ‘नेपाल प्रज्ञा प्रतिष्ठान’ भित्रका केहि संदिग्ध तत्वहरुले नेपाली भाषा ब्याकरणमाथि गंभिर प्रकारको हमला सुरु गरेका छन् । देवनागरी लिपिमा रहेका संयुक्त अक्षरहरुको प्रयोग अप्ठ्यारोे र अब्याबहारिक भएको बहानाममा नेपाली ब्याकरणलाई ‘रोमन अंग्रेजीकरण’ गर्ने पश्चिमी साम्राज्यवादीहरुको षडयन्त्र अनुरुप सुरु भएको यस्तो कृयाकलाप क्रिश्चियन धर्म प्रचारसंग जोडिएको एउटा गैससको सहयोगमा भैरहेको कुरा नेमकिपाका सांसदले पनि उठाईसकेका छन् । एमाओवादीका पूर्व शिक्षा मन्त्री दिनानाथले हस्ताक्षर गरेर लागु गर्न स्विकृति दिए अनुसार ‘नेपाल प्रज्ञा प्रतिष्ठान’का हाकिमहरुले काम अघि बढाएका छन् । माओवादी वृत्त के का लागि उठाईएको हो र कसरि प्रयोग हुँदै आएको छ भन्ने तथ्यको जानकारि राख्नेहरुले यो षडयन्त्र राजनीतिक वृत्तमा रहेका माओवादी मार्काका सबै विदेशी दलालहरुको मिलेमतोमा अघि बढाईएको तथ्यमा कुनै संका नगरे हुन्छ ।

दैनिक गर्जो र गोजि खर्च टार्नका लागि नेताहरुका वरिपरि घुम्ने झोले, चम्चे, हुक्केहरुले प्रचार गर्ने गरे जस्तो नेपालको संकटपूर्ण परिवेशभित्र देखिने घटना वा परिदृष्यहरु कुनै पनि दलका मूल्य–मान्यता र सिद्धान्तहरुसंग संबन्धित छैनन् । संक्रमणकालका बहानामा यहाँ जे जस्तो प्रकारको भाँडभैलो मचाईएको छ, यो दलहरुका बीचको विवाद पनि होईन । सत्ता दलालहरुका बीचमा मूल्य–मान्यता र सिद्धान्तका बीचमा आजसम्म कुनै प्रकारको विवाद र बहस भएको पनि छैन । अन्तर्वस्तुमा केहि नभएर पनि बाहिर देखिने रुपमा जुन प्रकारको गंभिर मतभेद भए जस्तो भान पारेर मानिसहरुलाई भ्रममा रुमल्याउने र खेलाउने प्रयास हुँदै आएको छ, यो सबै साम्राज्यवादी डिजाईन हो र यो ०६२ साल मंसीर ७ गते भारतीय सत्ताले पश्चिमी शक्तिहरुको सहमतिमा दिल्लीमा गराएको ‘१२ बुँदे समझदारि’को अभिन्न अङ्ग हो । ‘राज्य पुनर्संरचना’ नाम दिईएको यो षडयन्त्र अत्यन्त मिहिन र छद्म रुपको छ ।

‘अग्रगामि’को नकाबमा साम्राज्यवादी शक्तिहरुका एजेन्टहरुले गरेका हमलाहरु मूलतः ३ वटा विषयहरुमा केन्द्रित रहेका छन् । पहिलो हो– इतिहासमाथि आक्रमण । दोश्रो हो– समाज र संस्कृतिमाथि आक्रमण र तेश्रो हो– भूगोलमाथि आक्रमण ।

भाषा ब्याकरणमाथि सुरु भएको हमला बुझ्नका लागि राज्यको कथित पुनर्संरचनाको निहितार्थलाई बुझ्नु पर्ने हुन्छ । ‘राज्य पुनर्संरचना’को नाराका वरिपरि विगत १० बर्षमा मूख्यतः कुन कुराहरुमाथि आक्रमण गराईएको छ भन्ने तथ्यतिर ध्यान दिनु पर्दछ । ‘अग्रगामि’को नकाबमा साम्राज्यवादी शक्तिहरुका एजेन्टहरुले गरेका हमलाहरु मूलतः ३ वटा विषयहरुमा केन्द्रित रहेका छन् । पहिलो हो– इतिहासमाथि आक्रमण । दोश्रो हो– समाज र संस्कृतिमाथि आक्रमण र तेश्रो हो– भूगोलमाथि आक्रमण । इतिहास केन्द्रित आक्रमण पृथ्वीनारायण शाह र नेपाल पुनर्एकिकरण विरुद्ध लक्षित छ । यसको उद्देश्य नेपाललाई सार्वभौम राष्ट्रका रुपमा ईन्कार गर्नु हो । समाज÷संस्कृतिमाथि केन्द्रित आक्रमण सामाजिक सद्भाव र सांस्कृतिक समन्वयलाई भड्काउने उद्देश्यमा आधारित छ । भूगोल केन्द्रित आक्रमण नेपाललाई विभिन्न साम्राज्यवादी रणनीति अनुरुप पृथकपृथक टुक्राहरुमा विभाजित गर्ने योजनाममा आधारित छ ।

यो तथ्य सबैलाई सामान्य ज्ञानका रुपमा जानकारि हुनु पर्दछ कि कुनै देशको इतिहास, त्यहाँको समाज र संस्कृति तथा भूगोलको अखण्डता नै त्यस देशको अस्तित्वका स्थायी आधारहरु हुन् । यी चिजहरुमध्ये कुनै एउटा रहेन भने त्यो देश राष्ट्रका रुपमा रहन्न । यी ३ वटै चिजहरुलाई समाप्त पारेर नेपाललाई असफल राज्य घोषित गर्ने र नेपालको अस्तित्व समाप्त पारेर यस भूमिलाई साम्राज्यवादी विश्व रणनीतिको भू–राजनीतिक दाउपेचको केन्द्रका रुपमा बदलेर बहु–राष्ट्रिय सेनाको परेडस्थल बनाउने बहु–साम्राज्यवादी ‘डिजाईन’को नाम हो– ‘राज्य पुनर्संरचना’ । यस कुत्सित ‘डिजाईन’ अन्तर्गत् ‘बहु–राष्ट्रिय राज्यका नाममा इतिहासको खण्डिकरण गर्ने, ‘जातियता’का नाममा समाज÷संस्कृतिको खण्डिकरण गर्ने र ‘संघीयता’का भूगोलको खण्डिकरण्का योजनाहरु अघि बढाईएका छन् । सुधारका बहानामा भाषा ब्याकरणमाथि सुरु भएको आक्रमण समाज र संस्कृतिमाथिको साम्राज्यवादी आक्रमणको एउटा अङ्ग हो ।

समाज र संस्कृतिको क्षेत्रमा समुदायहरु, भाषाहरु, चाडपर्व र परम्परा लगायत आचार–विचारजन्य संस्कृतिहरु पर्दछन् । यीनै चिजहरुले कुनै राष्ट्रको परिचय बनाएका हुन्छन् । राजनीति र अर्थतन्त्रका विषयहरु अस्थायी चरित्रका हुन्छन् र छिटोछिटो परिवर्तन भैरहन्छन् तर सांस्कृतिक मूल्य र मान्यताहरु हजारौं बर्षसम्म जिवित रहने मात्र होईन कि यीनीहरुले कुनै देशको अर्थतन्त्र र राजनीतिको भवितव्य पनि निर्धारण गर्दछन् । यसै कारणले साम्राज्यवादी शक्तिहरु के तथ्यमा प्रष्ट छन् भने जबसम्म नेपालको इतिहास, संस्कृति र भूगोलको मौलिकतालाई खल्बल्याउन सकिन्न तबसम्म नेपाललाई असफल राज्यका रुपमा परिणत गर्न सकिन्न । चाडपर्वहरुलाई एनजिओकरण गरेर विरुप पार्नका लागि बषौंदेखि हुँदै आएको प्रयास, भाषामाथि लगातार हुँदै आएको आक्रमण, जातिवादको नारा, नेपाल पुनर्एकिकरणको विरोध, प्रदेश सिमाङ्कनको आवरणमा जारि राजनीतिक गत्यावरोध यसैका प्रतिबिम्बहरु हुन् ।

साम्राज्यवादी शक्तिहरु के तथ्यमा प्रष्ट छन् भने जबसम्म नेपालको इतिहास, संस्कृति र भूगोलको मौलिकतालाई खल्बल्याउन सकिन्न तबसम्म नेपाललाई असफल राज्यका रुपमा परिणत गर्न सकिन्न ।

सिकाउन र प्रयोग गर्न ‘सजिलो बनाउने’ बहानामा ब्याकरणमाथि, प्रज्ञा प्रतिष्ठानभित्र घुसेका, एनजिओका दलाल तत्वहरुबाट भाषामाथि सुरु गरिएको हमला उपभोक्तावादको कुरुप तस्विर हो । यसको जरो भाषामा मात्र अड्किएको छैन । भाषालाई समातेर यो पूर्वीय सभ्यतासम्म पुगेको छ । नेपाली भाषा देवनागरी लिपीबाट बनेको छ । देवनागरी लिपी संस्कृत ब्याकरणमा आधारित छ र संस्कृत ब्याकरण वैदिक सभ्यताको देन हो, जो पूर्वीय सभ्यताको मेरुदण्ड हो । त्यसैले नेपाली भाषा ब्याकरणमाथिको हमला घुमाउरो बाटोबाट पूर्वीय सभ्यतामाथि पश्चिमी सभ्यताबाट भैरहेको आक्रमणको अभिन्न अङ्ग पनि हो । यो नेपालको भू–राजनीतिक संकटको एउटा आयाम पनि हो । ब्याकरण विद्रुपिकरणमा क्रिश्चियन मिशनरीसंग संबन्धित एनजिओको नाम किटान गरेर त्यसको संलग्नताका बारेमा केहि सांसदहरुले जुन कुरा उठाएका छन्, त्यो पूरै सत्यतामा आधारित कुरा हो । यसलाई सामान्य ठानिनु हुँदैन ।

यो साम्राज्यवादी षडयन्त्रलाई हामी सबै जस्वन प्रणालिहरुका बीचको तुलनामा पनि देख्न सक्दछौं । यहाँ साम्राज्यवादीा दलालका रुपमा कृयाशिल रहेका दलहरुको पुनर्संरचना हुनु नपर्ने, नव–औपनिवेशिक शासन प्रणालिको पुनर्संरचना हुनु नपर्ने, पराधिन अर्थतन्त्रको पुनर्संरचना हुनु नपर्ने, भारतले अतिक्रमण गरेको नेपाली भूमिको पुनर्संरचना हुनु नपर्ने, विदेशी हातमा बेचिएका प्राकृतिक श्रोत–साधनहरुको पुनर्संरचना हुनु नपर्ने, विदेशी दूताबासहरु, एनजिओ-आईएनजिओहरुले देश चलाईरहेको अवस्थाको पुनर्संरचना हुनु नपर्ने, प्रत्येक नागरिकको नैसर्गिक अधिकारका रुपमा भूमिको पुनर्संरचना हुनु नपर्ने, सत्ताको आडमा शासक वर्गले लुटेको देशको सम्पत्तिको पुनर्संरचना हुनु नपर्ने, कहालि लाग्दो वेरोजगारि नीतिको पुनर्संरचना हुनु नपर्ने तर इतिहास, संस्कृतिहरु र भूगोलको चाहिं पुनर्संरचना हुनु पर्ने जुन कुतर्क साम्राज्यवादका दलालहरुले गर्दै आएका छन्, यसका पछिको बद्नियत बिल्कूलै प्रष्ट छ ।

नेपाली भाषा ब्याकरणमाथिको हमला घुमाउरो बाटोबाट पूर्वीय सभ्यतामाथि पश्चिमी सभ्यताबाट भैरहेको आक्रमणको अभिन्न अङ्ग पनि हो । यो नेपालको भू–राजनीतिक संकटको एउटा आयाम पनि हो ।

विरोध गरेर मात्र पुग्दैन, यस प्रकारका परिचालित कुतत्वहरुका विरुद्धमा जाईलाग्नु पर्ने समय हो यो । नेपाली जनमानसको अज्ञानता र अल्प चेतनाको फाईदा उठाउँदै राष्ट्र विरोधि कुतत्वहरुले जे जे गर्दै आएका छन्, त्यसका विरुद्धमा आम नेपालीहरुलाई जागरुक बनाउनु पर्दछ र यीनीहरुलाई अराष्ट्रियअसामाजिक तत्वहरुका रुपमा बहिष्कार गर्ने अभियानमा उतार्नु पर्दछ । ‘थोपाहरुको योगले समुद्र बन्दछ’ भनेझैं सामाजिक जीवन प्रणालिहरुको योगबाट नै राष्ट्र बन्दछ । यसैगरि कुनै स्थान विशेषका मौलिक संस्कृतिहरुको कूल योग समाज हुन्छ । एउटा सानो अङ्गमा हुने क्षतिले समग्रलाई अपाङ्ग बनाउँछ । संस्कृति मासिनु भनेको समाज मासिनु हो, समाज मासिनु भनेको राष्ट्र मासिनु हो र राष्ट्र मासिनु भनेको नागरिक मासिनु हो । नेपाली ब्याकरणलाई सजिलो बनाउने बहानामा जे गर्न खोजिएको छ, यो नेपाल संकटको एउटा पाटो हो भन्ने तथ्यलाई भाषा विद्हरुले समयमैं बुझुन् ।

प्रतिक्रिया