जुम्लामा गस्ती प्रहरीमाथि गोली प्रहार, १ घाइते

जुम्लामा गस्ती प्रहरीमाथि गोली प्रहार, १ घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ माघ २०७२
  • 12.2K
    Shares

सदरमुकाम खलङ्गामा गस्तीमा हिँडेको प्रहरी माथि गोली प्रहार भएको छ । विमानस्थल नजिकैको ठिन्के भन्ने स्थानमा हिजो राती गस्तीमा गएको प्रहरीमाथि गोली प्रहार हुँदा प्रहरी जवान दीपक रोकाया घाइते भएका छन् । घाइते रोकायाको हातसहित पेटमा गोली लागेको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए ।

उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको प्रतिष्ठान जुम्लाले जनाएको छ । नायब उपरीक्षक कोइरालाका अनुसार सो घटनामा एकजनालाई अटोमेटिक पेस्तोलसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । राति ८ बजेतिर गोली चलेको थियो । गोली कसले चलाएको भन्नेबारेमा थप अनुसन्धान भइरहेकाले अहिले नै भन्न नसकिने प्रहरीले बताएको छ । रासस

प्रतिक्रिया