बिश्वास हुनलाई गार्हो हुन् सक्छ तर एक ४ वर्षको बालिका ९ कक्षाको बिद्यार्थी बनेकी छन् । भारतको अनन्या नाम गरेकी ४ वर्षको यी बालिका अहिले कक्षा ९ मा पढिरहेकी छन आउदो वर्ष बोर्ड (एस.एल.सी. सरह) परीक्षा दिने तयारीमा छन ।
यूपीको राजधानी लखनऊको ४ वर्ष ८ महिना २१ दिनको यी बालिकाको बारेमा सुन्दा पनि अचम्म लाग्छ किन भने भर्खर पढ्न सिक्ने उमेरमा उनी अर्को वर्षमा बोर्ड परीक्षा दिदैछन ।
उनी हिन्दी राम्रोसंग बोल्नुको साथै किताबहरु पनि राम्रोसंग पढ्ने गरेको भारतीय मिडिया दैनिक जागरणले जनाएको छ ।
यस बारेमा शिक्षा अधिकारी उमेश त्रिपाठीको भनाइमा यी बालिकाको धेरै तीक्ष्ण बुद्धि रहेको छ । उनको प्रतिभालाई देखेर नै उनलाई ९ कक्षामा भर्ना लिईएको हो । अब यी बालिका लिम्का बुक अफ रेकर्ड्समा आफ्नो नाम लेखाउने प्रयास गरिरहेकी छन ।
छोरीको शानदार प्रदर्शन देखेर बुवा आमापनि धेरै खुसि रहेका छन । अनन्याको बुवा तेज बहादुर बाबासाहेब एक विश्वविद्यालयको सफाईमा असिस्टेन सुपरभाईजर रहेका छन ।

तेज बहादुरको अनुसार अनन्या नौ महिना हुदा नै रामायण पढ्ने गर्थिन । अनन्याको दिदि र दाई पनि यस्तै तीक्ष्ण बुद्धिका छन । अनन्याको ठुलो दाई शैलेन्द्रले १४ वर्षको उमेरमा बीसीए पास गरिसकेको छ। उनकी दिदि सुषमाले सन २००७ मा सात वर्षको उमेरमा बोर्ड परीक्षा पास गरेकी थिइन । अब अनन्या यो रेकर्ड तोड्ने तयारीमा छन ।
– See more at: http://www.khabartimes.com/funny-fact/29935#sthash.fimQSCnd.dpuf