मुम्बई । सलमान खानलाई प्राय सँधै सोधिने प्रश्न हो, विवाह कहिले गर्ने ? यो प्रश्नको उक्त दिंदा सलमान खान थाकिसकेका छन् । प्राय सार्वजनिक समारोहमा गरिने यस्ता प्रश्न खानले वेवास्ता पनि गर्ने गरेका छन् । खासमा सलमान विवााह गर्न चहाँदैनन् या यसका पछाडी अन्य कुनै कारण छन् ? यो एउटा रहस्य नै बनेको छ ।
तर हालसालै बलिउड नायिका सुस्मिता सेनले सलमानको विवाहका बारेमा मुख खोलेकी छिन् एउटा सार्वजनिक समाराेहमा पत्रकारकाे प्रश्नकाे उत्तर दिंदै उनले भनेकी छिन् कि सलमान र आफु स्वइच्छाले नै वैवाहिक सम्बन्धमा रहन नचाहेको बताईन् । उनले भनिन्, ‘तपाईं यस्तो मानिससँग यस्तो प्रश्न गरिहनुभएको छ कि, जो आफु एक्लो हुनुमा उत्सव माउँछन् । सलमानले विवाह गर्न कोही योग्य वधु नभेटेर विवाह नगरेका होइनन् । यो उनको स्वइच्छा हो जसमा उनी रमाउँछन् ।’