चर्चित अमेरिकी गायिका डेमी लाेभाटाेलाई गीत चाेरेकाे भन्दै मुद्दा दर्ता

चर्चित अमेरिकी गायिका डेमी लाेभाटाेलाई गीत चाेरेकाे भन्दै मुद्दा दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ८ भाद्र २०७३
  • 14.5K
    Shares

अमेरिकी गायिका डेमी लोभाटो

अमेरिकी गायिका डेमी लोभाटोलाई संगीत चोरी गरेको आरोपमा मुद्धा लागेको छ । लाेभाटोको सन् २०१५ को चर्चित गीत ‘स्टार्स’ इन्डी ब्यान्ड ‘स्ले बेल्स’ले २०१० को आफ्नो गीत ‘इन्फिनिटी गिटार’बाट प्रभावित भएको आरोप लगाउँदै मुद्दा हालेको हो ।

स्ले बेल्सले ती दुई गीत उस्तै सुनिने र ताली, ड्रम, आदिको ताल एउटै भएको दाबी गरेको छ । चोरीको आरोप लागेपछि लोभाटोले अब कस्तो प्रतिक्रिया दिन्छिन्, चर्चाको विषय बनेको छ ।

अघिल्लो वर्ष लोभाटोको स्टार्स रिलिज हुँदै गर्दा स्ले बेल्सले ट्वीट गरेर आफ्नो संगीतबाट नमुना लिएर पनि आफूसँग सम्पर्क नगरेकोमा गुनासो गरेको थियो ।

मानिसहरुले लोभाटोको ‘कुल फर द समर’ गीत पनि केटी पेरीको ‘आइ किस्ड अ गर्ल’बाट प्रेरित भएको आरोप लगाएका थिए, जसलाई उनले अस्वीकार गरेकी थिइन् ।

‘कन्फिडेन्ट’, ‘डेमी’, ‘डोन्ट फर्गेट’जस्ता एल्बमकी गायिका डेमीले केही दिनअघि आफ्नो २४औं जन्मदिन मनाएकी थिइन् ।

प्रतिक्रिया