युरोप पठाउने भन्दै ठगी गर्ने कन्सल्टेन्सी संचालक पक्राउ

युरोप पठाउने भन्दै ठगी गर्ने कन्सल्टेन्सी संचालक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ फाल्गुन २०७४
  • 13K
    Shares

काठमाडौं– स्पेन र पोर्चुगलमा रोजगारीको लागि पठाउने भन्दै रकम असुलेर ठगी गर्ने सुनौलो प्रकाश कन्सल्टेन्सीका संचालक जिल्ला मकवानपुर भिमफेदी -१० स्थायी ठेगाना भई हाल का.जि.का.म.न.पा. -३ बस्ने  ३१ बर्षका  आर्यन लामालाई प्रहरीले पक्राउ गरेको छ ।

खोटाङ निर्मलीडाँडा -१ का हरिकाजी बस्नेतसलाइ रोजगारीको लागि पठाउने भनी  ३३ लाख लिएको तर नपठाएपछि रकम माग गर्दा  बाउन्स चेक दिएकाे पाइएसँगै उनी प्रहरीकहाँ पुगेका थिए ।

उजुरी परेसँगै  महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले लामालाई काठमाडौंको टेकुबाट मंगलबार पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा लामाले दोलखाका मोहन प्रधान र कारसाङ तामाङलाई समेत कतार एयरवेजमा काम लगाउने भनी ३ लाख ५० हजार ठगेको खुल्न आएको  प्रहरीले जनाएको छ   ।

लामालाई ठगी गरेको सम्बन्धमा थप अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाईएको  जनाइएको छ ।

मुलुकी ऐन ठगी महल अनुसार ठगी गर्ने व्यक्तिलाई कसुरको मात्रा हेरी ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया