चिसो पेयपदार्थले हुनसक्छ क्यान्सर !

चिसो पेयपदार्थले हुनसक्छ क्यान्सर !


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ फाल्गुन २०७४
  • 12.1K
    Shares

एजेन्सी। के तपाईं तिर्खा मेटाउने नाममा बजारमा पाईने चिसो पेयपदार्थ पिउने गर्नुहुन्छ ? यदि तेसो हो भने अव देखि सावधान हुनुहोस् । किनकि त्यस्ता बजारीया पेयपदार्थले मानव स्वास्थ्यमा साधारण हानिनोक्सानी पुर्याउने होइन कि प्राणघातक रोग नै निमत्याउन सक्ने क्यान्सर सम्बन्धि गरिएको एक नयाँ अनुसन्धान ले देखाएको छ ।

अनुसन्धान अनुसार, प्रत्येक दिन चिसो पेयपदार्थ पिउने व्यक्तिलाई क्यान्सर हुने जोखिम अत्यधिक हुनेगर्छ। अष्ट्रेलियाको क्यान्सर काउन्सिल भिक्टोरियाले गरेको अनुसन्धानले यस्तो तथ्य पत्ता लागेको हो।

उक्त अनुसन्धानमा ३ हजार क्यान्सर बिरामीको बारेमा अध्ययन गरिएको थियो। उक्त अध्ययन मा गुलियो मात्रा हुने पेयपदार्थ मा क्यान्सर हुने पदार्थ रहने तर ुडाइट कोल्ड ड्रिंक्सु मा भने त्यो मात्रा न्युन हुने बताइएको छ।

क्यान्सर काउन्सिल भिक्टोरियाका अनुसार, चिसो पेयपदार्थ को दैनिक सेवनले १३ किसिमको क्यान्सर मध्ये जुनसुकै क्यान्सर पनि लाग्न सक्छ । यस सम्बन्धि अध्ययन अझै विस्तारित रुपमा भइरहेको र छिट्टै जानकारी सार्वजनिक गरिने समेत काउन्सिलले बताएको छ।

साथै चिसो पेयपदार्थ सेवन गर्ने बानीलाई हटाउन समेत काउन्सिलले सबैलाई अनुरोध गरेको छ।

प्रतिक्रिया