मधेसमा भारतीय प्रहरीको राईफल भेटियो

मधेसमा भारतीय प्रहरीको राईफल भेटियो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १६ माघ २०७२
  • 12.5K
    Shares

मधेस आन्दोलन चलिरहेको सिरहामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को हतियार फेला परेको छ । कचनारी गाविस–९ बडहरी टोलस्थित रामदेव चौधरीको जग्गाको झाडीमा लुकाई छिपाई राखेको अवस्थामा म्यागजिन तथा गोली नभएको इन्सास राइफल बिहिबार फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

उक्त राइफल भारतीय एसएसबी बोर्डर पोष्ट पिप्राहीको रहेको थाहा हुन आएको छ । माघ १२ गते भारतको पिप्राही एसएसबी बोर्डर पोष्टबाट इन्सास राइफल हराएको जानकारी प्रहरी चौकी कचनारीमासमेत प्राप्त भएपश्चात् नेपालतर्फको क्षेत्रमा खोजतलास गर्ने क्रममा उक्त राइफल फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया