दोस्रो संविधानसभामा सभामुखलाई डोरीको पासो लगाएर झुण्ड्याउने कोशिश भएको गम्भीर खुलासा (भिडियोसहित)

दोस्रो संविधानसभामा सभामुखलाई डोरीको पासो लगाएर झुण्ड्याउने कोशिश भएको गम्भीर खुलासा (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ साउन २०७३
  • 11.1K
    Shares

नेकपा एमालेका नेता एवं पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले दोस्रो संविधानसभामा सभामुख सुवाषचन्द्र नेरमवांगलाई डोरीको पासो लगाएर झुण्ड्याउने कोशिश भएको गम्भीर खुलासा गरेका छन् । प्रेस चौतारी कास्कीले शनिबार बिहान पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गौतमले यस्तो खुलासा गरेका हुन् । उनले वर्तमान संविधान जारी हुन नदिन संसदमा खुर्सानीको धुलो प्रंयोग गर्नेदेखि सभामुखलाई पासोमा झुण्ड्याउने कोशिशसम्म भएको खुलासा गर्दै यस्तै कारणहरुले गर्दा २०७२ असोज ३ गते नै संविधान जारी गरिएको जिकिर गरे ।

नेता  गौतमले मधेशम हाल संविधानले तोकेका प्रदेशका जमीनमा एक इञ्च पनि तलमाथि नहुने र हाल जारी भएको संविधानमा कमा र फुलस्टप पनि परिवर्तन हुन नदिने बताए ।

हेर्नुस्  भिडियो

मधेशी दलहरुले  एक मधेश  एक प्रदेश भनेर  आबाज उठाईरहेको प्रति  इंगित गर्दै उनले मधेशमा धेरै राष्ट्र बनाएर नेपालबाट छुट्टाउने कोशिश्का रुपमा ब्याख्या गर्दै आफ्नो पार्टीले कुनै हालतमा त्यस्तो हुन नदिने दाबि गरे /

 

प्रतिक्रिया