अमेरिकामा शाहरुख खान फेरि पक्राउ परे

अमेरिकामा शाहरुख खान फेरि पक्राउ परे


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २७ साउन २०७३
  • 14.3K
    Shares

बलिउड अभिनेता शाहरुख खानलाई अमेरिकाको लस एन्जल्स एरपोर्टका सुरक्षाकर्मीले  हिरासतमा लिएर छाडेका छन् । आफू हिरासतमा रहेको जानकारी दिँदै शाहरुखले ट्वीट गर्दै भनेका छन् ‘म सुरक्षा अवस्थालाइ बुझ्न सक्छु र सुरक्षा जाँचको सम्मान पनि गर्न चाहन्छु । तर, म अमेरिका आउँदा प्रत्येक पटक अध्यागमनको अपमान सहनुपर्छ ।’

हिरासतमा रहेको बेला पोकेमोन गेम खेलेर समय बताएको पनि उल्लेख गरेका छन् । शाहरुखलाइ अमेरिकी अध्यागमन विभागले हिरासतमा लिएको यो नै पहिलो पटक होईन । सन २०१२ मा उनले न्युयोर्कको हवाई अड्डामा  लगभग दुई घण्टा हिरासतमा बस्नु परेको थियो ।

प्रतिक्रिया