६ पटक अर्थमन्त्री भईसकेका काग्रेसका प्रभावशाली नेता डा राम शरण महत पराजीत भएका छन् नुवाकोट क्षेत्र नं १ मा ।
चुनाव अघि बम विष्फोटको समेत सामना गरेका डा महतलाई एमाले र माओवादीको साझा गठबन्धनका उम्मेद्धार हित बहादुर तामागंले ८ हजार मतको अन्तरले पराजीत गरेका छन् । यसको घोषणा हुन बाकी छ । यस अघि क्षेत्र न ं २ बाट अर्जुन नरसिंह केसी पनि १० हजार मतले पराजीत भईसकेका छन् ।
काग्रेसका सबै जसो शीर्ष नेताले पराजयको सामना गर्नु पर्ने देखिएको छ । उता झापाबाट सिटौला पराजयको नजिक पुगेका छन् भने रामचन्द्र पौडेल पनि हार्ने संकेत बढेको छ