सुरक्षाकर्मी कारबाहीमा प्रभावशाली कमान्डरसहित ३५ तालिवानी लडाकूको मृत्यु

सुरक्षाकर्मी कारबाहीमा प्रभावशाली कमान्डरसहित ३५ तालिवानी लडाकूको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २६ कार्तिक २०७४
  • 11.3K
    Shares

२६ कात्तिक, अफगानिस्तान । अफगानिस्तानको पूर्वमा रहेको कपिसा प्रान्तमा सरकारी सुरक्षाकर्मीले गरेको कारबाहीमा एक जना प्रभावशाली कमान्डरसहित ३५ तालिवानी लडाकूको मृत्यु भएको यहाँको सेनाले जनाएको छ ।

पूर्वी क्षेत्रका सैनिक प्रवक्ता शिर अका फकिरीले शनिबार दिएको जानकारी अनुसार कपिसाको तगाव जिल्लामा तालिवानले आश्रयस्थल बनाउदै आएको क्षेत्रमा स्थल तथा हवाई आक्रमण गरी उनीहरूको गढ भत्काइएको थियो ।

“कारबाहीमा उक्त क्षेत्रका प्रभावशाली तालिवान कमान्डर कारी एहसनुल्लासहित ३५ जना लडाकूको मृत्यु भएको छ,” फकिरीले भने ।

यस कारबाहीमा भएको तालिवानी समूहतर्फको क्षतिबारे तालिवानी पक्षबाट कुनै प्रतिक्रिया आएको छैन । रासस/सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित समाचार