रबि लामिछानेले भारतमा कालीबाबा भेटे

रबि लामिछानेले भारतमा कालीबाबा भेटे


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० कार्तिक २०८३
  • 1.2K
    Shares

पोखरा, ९ कात्तिक २०८३।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालमा राजतन्त्र पुनर्स्थापनामा सक्रिय ठानिएका हिन्दु धर्मगुरु १००८ स्वामी कालिदास जी महाराज ‘कालीबाबा”लाई भेटेका छन्।

तीन दिने धार्मिक एबम पारिवारिक भारत भ्रमणमा रहेका रवि लामिछानेले आज नेपालमा राजतन्त्र पुनर्स्थापनामा सक्रिय ठानिएका हिन्दु धर्मगुरु १००८ स्वामी कालिदास जी महाराज ‘कालीबाबा”लाई भेटेका हुन्।

देवी कामाख्याको दर्शन तथा पूजाअर्चनापछि लामिछानेले कालीबाबालाई भेट गरेका प्राप्त समाचारमा जनाइएको छ। सोही अवसरमा रबि प त्नी निकिता पौडेलले पनि कालीबाबाको दर्शन गरेकी थिइन्।

भेटमा के विषयमा छलफल भयो भन्नेबारे विस्तृत विवरण सार्वजनिक भएको छैन। धार्मिक आस्था र राजनीतिक नेतृत्वबीच भएको यस भेटलाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार