राजनीतिक ध्रुवीकरण र किताकाट
प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिमा केन्द्रको राजनीतिक माखे साङ्गलो चुडाउँदै सुगौली सन्धिबाट प्रारम्भ साम्राज्यवादी घेराबन्दी तोडेका छन् । यस घटनाबाट अब चीन र पश्चिमा बीचको शितयुद्धमा नेपालका राजनीतिक दल मात्र होइन भारत पनि अब कुन कितामा उभिने ? बीचमा रहने अवस्था छैन ।
चीन–नेपाल सहकार्यलाई प्रतिकूल प्रभाव पार्न काँग्रेस, मधेस, एनजीओ र जातिवादी संञ्जाल धार्भिक आवरणमा सुनियोजित तवरले असफल पार्ने प्रयत्न नै एजेण्डाविहीन अराजकतावादी कथित मधेस लगायतको साम्प्रदायिक भडकाव हो भन्दा अतियुक्ति नहोस् । युरोपियन यूनियनसँग जोडिएर निकालेको वक्तव्यपछि भारत पश्चिमा ब्रिटिश केन्द्रसँगै पुगेको छ ।
एक सय चार वर्षे निरंकुश ब्रिटिश साम्राज्यवादको कठपुतली राणा शासनको अन्त्य २००७ सालपछि नेपाल चीन सम्बन्धको मूल दिशाबोध टंकप्रसाद आचार्य, डा. केआइ सिंह, डा. केशरजंग रायमाझी राजा महेन्द्र र वीरेन्द्रले गर्न खोजेका थिए । तर राणनीति घेराबन्दी र हत्या गर्दै अवरुद्ध पार्ने प्रयत्न भए ।
प्रधानमन्त्री केपी ओली र राप्रपा (नेपाल) का अध्यक्ष कमल थापाका हिजो पश्चिमाकै चक्रव्यूहमा रहेको हुँदाहुँदै पनि पश्चिमा साम्राज्यवादी अवरोध चिर्दै सचेततापूर्वक प्रधानमन्त्री ओलीले चीनसँग गरेका सम्झौताले ऐतिहासिक फड्को मार्दै पुगौली सन्धि पछिको साम्राज्यवादी आर्थिक घेरावन्दी तोडेका छन् । यसको इतिहासले अवश्य पनि मूल्याङ्कन गर्नेछ ।
यो अवस्थामा गठबन्धन तोडेर प्रचण्ड साम्राज्यवादी कित्तामा उभिएका छन् । स्मरणरहोस् कथित संविधान जारीपछि भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभलले प्रचण्ड आफ्नो सुरक्षा घेरामा रहेको दाबी गरेका थिए । त्यो कुरा प्रचण्डले पुष्टि गरेका छन् ।
चीनसँगको सम्झौतापछि यूनाइटेड मिशनका संस्थापक केशरबहादुर विष्ट कमल थापा विरुद्ध र माधवकुमार नेपालको ओली विरुद्धको अभियान इण्डो–पश्चिमा रणनीतिक स्वार्थ रक्षार्थ नयाँ चालवाजी मात्र हो । यो षड्यन्त्रलाई असफल पार्नु हामी सबैको कर्तव्य हो । पछिल्लो चरणमा प्रचण्डसमेत यो कित्तामा उभिँदै नीति कार्यक्रम पूर्व ओली सरकारको विकल्प खोज्न पुगे । त्यही मिसनलाई निरन्तरता दिदै अन्ततः आफनो टाउकाको मूल्य तोक्ने शेरबहादुर देउवासँग घाँटी जोड्न पुगे । यो घाँटी दक्षिण कोरियन कश्चियन चर्चमार्फत् डा.आरजु देउवाले चलाएको होसना फाण्डेसन र इन्डो युरोपियन चर्चले जोडिदिएको छ ।
धर्म र सांस्कृतिक साम्राज्यवाद
चन्द्रगुप्त मौर्यको साम्राज्यवाद मगध चाणक्यको राजनीति र रणनीतिबाट स्थापित र संगठित हुन पुगेको थियो । भारतवर्षको यस सुसंगठित बौदिक धारामा सञ्चालित राज्य ध्वस्त गर्दै आफ्नो उपस्थिति सुनिश्चित गराउन ग्रिक योद्धा (युनानी) अलेकजेण्डर द ग्रेटका सेनापति पुत्री हेलेनालाई सम्बन्ध सुधारको नाटक मञ्चन गराइएको इतिहास छ । चन्द्रगुप्त मौर्यकी कान्छी रानीको रुपमा मगध सिंहासन र राज्यसत्ता ध्वस्त गर्ने रणनीतिका साथ घुसपैठ गराइयो । सरकार परिवर्तनको बेमौसमी बाजा पनि त्यस्तै षडयन्त्र भन्दा हुन्छ ।
तत्पश्चात मगध दरबार र राज्यभित्र शृंखलावद्ध घटना घट्न पुगे । जसको उल्लेख्य पात्र स्वयं चन्द्रगुप्त मौर्य, चाणक्य तथा सम्राट बिन्दुसारलाई समेत मृत अवस्थामा पु¥याई नदीमा फ्याकिएको अवस्थाबाट पुर्नजीवन प्राप्त गरे । तत्कालीन युवराज अशोक (जो पछि सम्राट अशोक बने) दुई दुई पटकको हत्या प्रयास छल्दै हेलेना र उनी संलग्न सम्पूर्ण दरबारियाहरूको समुल नष्ट गरी अखण्ड भारतको निर्माण हुन पुगेको थियो ।
हाम्रो (नेपाल) सन्दर्भमा हेर्दा पश्चिमा (क्रिश्चियन) स्वार्थको राजनीतिक रणनीतिक बागडोर राष्ट्रघाती सुगौली सन्धिहुँदै ब्रिटिश साम्राज्यवादको आडमा भएको कोतपर्व, भण्डारखाल पर्व जस्ता जघन्य चक्रब्यूहहरू रच्दै राणाशासनको उदय हुन पुगेको तथ्य छिपेको छैन ।
यी षड्यन्त्रहरूबाट नेपाल पुर्नएकीकरणको बिम्व हस्तीदेखि लिएर (ग्रास रुट) भुइँ तहसम्म छिन्नभिन्न निस्तेज र विनाश गर्ने जघन्य अपराधिक श्रृंखलाको अभेद्य शक्ति केन्द्र नै स्थापित हुन पुग्यो । पछिल्लो अध्यायको रुपमा राणा शासन विरुद्ध ४ महान् क्रान्तिकारी योद्धाको झुण्ड्याएर जघन्य हत्या, त्रिभुवनको हत्या, महेन्द्रको हत्या, नेपाली चाणक्य योगी नरहरिनाथको विफल हत्या प्रयास, मदन भण्डारी, राजा वीरेन्द्रको हत्याहुँदै राजेश्वर देवकोटा र सुशील कोइरालासम्मको शंकास्पद मृत्यु रहस्यमय छन् ।
यी हत्याकाण्डकापछाडि पश्चिमा (क्रिश्चियन) स्वार्थ रक्षार्थ कोअर्डिनेशन गर्ने बकिङ्घम प्यालेसको समकक्षी सुरक्षा निकाय भित्रको राणाकेन्द्रबाट मुक्त हुन नसकेसम्म यस मुलुकको सार्वभौमिकता, अखण्डता र जनताको शासनले मुर्त रूप लिन सक्नेछैन ।
नक्कली माओवाद, जातिवाद, नश्लवाद सबै अस्त्र समाप्त भएपछि धर्मको आवरणमा विगतमा हिन्दु अधिराज्यको आवरणमा डा. तुलसी गिरीमार्पmत क्रिश्चियन केन्द्र संस्थागत गरिएजस्तै अहिले १७ हजारको हत्या गरेर माओवादीको औचित्य छैन भन्ने डा. बाबुराम भट्टराई चर्च मण्डलीका अध्यक्ष पाष्टर डा. केवी रोकाया, (पिपल्स रिभ्यू अंग्रजी साप्ताहिकमा हिन्दु राष्ट्रको कुरा अगाडि सरेका छन्) कथित मधेशी आवरणका मानिसहरू साम्राज्यवादी हितरक्षा गर्न हिन्दूको मुकुण्डो ओडेर अगाडि आइपुगेका छन् । यस पंक्तिमा शेरबहादुर देउवादेखि शशांक कोइरालासम्म उभिन आइपुगेका छन् ।
त्यही मेशिनरीभित्र बर्माकी आङसाङ सुकी जस्तै स्थापनाकालदेखि नै इन्टरनेशनल सोशलिष्टमार्फत पश्चिमा साम्राज्यवादको पक्षमा उभिदै पशुपतिनाथलाई उखेल्नुपर्छ भन्ने वीपी धारसम्म उभिन आइपुगेको छ । जसरी मुस्लिम जगतमा सिया र सुन्नीलाई एकआपसमा भिडाइँ अकँण्टक साम्राज्यवादी अधिपत्य स्थापित गर्न सम्पूर्ण (क्रिश्चियन) पश्चिमाहरू एकाकार छन् । त्यसरी नै दक्षिण एसियामा हिन्दू मुस्लिम फण्डामेण्टालिजमलाई प्रयोग गरी दक्षिण एसिया नै ज्वालामुखीमा रुपान्तरित गर्न पश्चिमाहरू उद्यत छन् । यसको बिजारोपण भारतको स्वतन्त्रतासँगै मोहम्मद अलि जिन्नाको नेतृत्वमा भारत विखण्डनबाट प्रारम्भ भैसकेको छ ।
वर्तमानमा त्यसको निरन्तरता जातिय, क्षेत्रीय, भाषिक, धार्मिक अतिवादी संघर्षमा उसको प्रत्यक्ष संलग्नताले पुष्टि गर्दछ । भारतमा सत्तारुढ वर्तमान भारतीय जनता पार्टीभित्रको पश्चिमा हिन्दु अतिवाद (आरएसएस) इस्लाम भित्रको तालिवान् आईएसआईएस पश्चिमा (क्रिश्चियन) साम्राज्यवाद दीक्षित, पालित पोषित एकै सिक्काका फरक पार्ट मात्र हुन् । दुवैको कार्य धार्मिक आवरणमा हिंसा मच्चाई पश्चिमा (क्रिश्चियन) साम्राज्यवादको रक्षा गर्नु हो ।
नेपाल सन्दर्भमा भारतले कहिले बेलायतसँग त कहिले इयू संयुक्त वक्तव्यमार्पmत असहमतिले उपयुक्त कुरालाई पुष्टि गर्दछ । यही रणनीति अन्तर्गत अहिले एकतर्पm अशोक राईदेखि उपेन्द्र यादवसम्मका जातिवादी, क्षेत्रियतावादी अर्कोतर्पm पास्चर केवी रोकाया जस्ता सांस्कृतिक साम्राज्यवाद पक्षधर डा. बाबुराम भट्टराईजस्ता अतिवादी हिन्दूको खोल भित्रबाट जनमत आर्कषित गर्दै इण्डो–पश्चिमा केन्द्र रक्षार्थ उभिएको कुरादेखि सचेत रहनुपर्दछ । ग्रुप–२५ का नाममा उपेन्द्र देवकोटादेखि सुर्यनाथ उपाध्यायसम्म अर्को जासुसी सञ्जाल पनि सक्रिय छ ।
नेपाली कांग्रेसलाई एजेण्डाविहीन रुपमा अगाडि सार्दै पश्चिमा (क्रिश्चियन) रणनीति रक्षार्थ भारतको भूमिका खतरनाक रुपमा आइरहेको छ । भारतीय विदेश सचिव एस. जयशंकरको कांग्रेस सभापति देउवालाई अघि बढ्न गरेको संकेत पश्चिमा स्वार्थ रक्षार्थ छ । ओली सरकार ढाल्ने प्रयत्न त्यसैका परिणाम हुन् ।
हिन्दु संस्कृतिभित्र भारतमा आदि शंकराचार्य, विवेकानन्द, दयानन्द सरस्वती र नेपालमा योगी नरहरीनाथ, डा. स्वामी प्रपन्नाचार्य बाहेकको धारा (क्रिश्चियन) साम्राज्यवादकै केन्द्रमा रहेका छन् । स्कोन, साइबाबा, राधेराधे, ब्रह्मकुमारी राजयोग, हरेराम हरेकृष्ण, सन्तकविर बहाई, कृष्ण प्रणामी जहाँ कृष्ण सिटौलाजस्ता रअका एजेन्टहरु रहेका छन् ।
अहिले चीन रोक्नका निमित्त पूर्व राजा ज्ञानेन्द्रका वरिपरि रहेको संजाल पश्चिमा र भारतीय पश्चिमा ओली सरकार फाल्न एउटै केन्द्रमा उभिएका छन् । यी सबै घटनाको सार नेपाललाई भुटानीकरण गर्दै विना एजेण्डाको राजतन्त्र पुनस्र्थापना गर्न पश्चिमा र इन्डो–पश्चिमा केन्द्रसँग जोडिदै प्रचण्ड र शेरबहादुर देउवा अगाडि देखिएका छन् । यो षडयन्त्रलाई सम्पूर्ण देशभक्त। वामपन्थी शक्तिले परास्त गर्नै पर्दछ ।
कांग्रेस र माओवादी केन्द्रभित्रका देशभक्त र क्रान्तिकारीहरुले समयमै हेक्का राख्दै पार्टीभित्रका लेण्डुप दोर्जेहरुलाई किनारा लगाउनु पर्ने देखिन्छ । राजावादी कित्ताभित्र वांगचुकजस्ता भुटानी नरशे बनाउने पशुपतिभक्त महर्जन रअसँग संलग्न अनि सागर तिमिल्सिना जो सिआइए मिसनलाई असफल पार्दै साम्राज्यवादी विरोधी मोर्चामा राजावादीहरु पनि देशभक्त हुन् भने धुव्रीकरण हुन जरुरी छ ।
अब कसैले पनि लेण्डुप र जिग्मे सिग्मे वांगचुक बनेर शासन गर्ने सपना देख्छन् भने उनीहरुकै संगठनभित्रका देशभक्तहरुले पनि धुलोपिठो पारिदिनेछन् । चीनलाई रोक्न खोज्नु अब हत्केलाले सूर्यलाई छेक्न खोजेजस्तै हो भन्ने कुरा साम्राज्यवादी संचार मिडिया, एनजिओ पालित–पोषित बौद्धिक बेश्याहरुले पनि समयमै हेक्का राख्दा राम्रो हुन्छ ।