सुनसरीको देवानगन्जमा साँझबाट दोहोरो झडप

सुनसरीको देवानगन्जमा साँझबाट दोहोरो झडप


  • जनसञ्चार डट कम संवाददाता
  • बुधबार, १३ साउन २०८३
  • 779
    Shares

काठमाडौं, १३ साउन २०८३

सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मङ्गलवार साँझबाट दोहोरो झडप भइरहेको छ । प्रहरीका अनुसार दुई समुदायबीच साँझ ७ बजेबाट झडप सुरु भएको हो ।

रातको समयमा दुई पक्षबीच लगातार भइरहेको झडप नियन्त्रणमा आउन सकेको छैन ।

दुवै पक्ष घरेलु हतियार सहित छन् । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले दुई समुदायबीच अनियन्त्रित झडप भइरहेको जानकारी बताए ।

‘अहिले साँझबाट ठूलो संख्यामा भेला भएका दुई पक्षबीच घरेलु हतियारसहित दोहोरो झडप भइरहेको जानकारी आएको छ ।’ उनले भने ।

प्रतिक्रिया