यो घटनाको सूचना पाएपछि मन्दिर समितिका सदस्यहरूले तुरून्त पाकिस्तानी झन्डा मन्दिरको छतबाट हटाइदिएका थिए । हिन्दुस्तान टाइम्सको समाचार अनुसार पुलिसले साम्प्रदायिक भावना भड्काउन खोजेको अभियोगमा झन्डा फहराउने अज्ञात व्यक्तिविरूद्ध केश दर्ता गराएको छ ।
साथै यो इलाकामा धारा १४४ लागू गरिएको छ । यसका अलावा पुलिसले सामाजिक सञ्जालमा साम्प्रदायिक रूपले संवेदनशील सामग्री सेयर गर्न पनि रोक लगाइदिएको छ ।
समाचार अनुसार भोपालबाट करिब १९० किलोमिटर टाढा नरसिंहपुर शहरको बाहिरी इलाकामा पञ्चमुखी हनुमान मन्दिरको छतमा पाकिस्तानी झन्डा लगाएको स्थानीयले देखेका थिए । यो घटनापछि केही हिन्दुवादी संगठनले चर्को विरोध थालेका छन् । घटना गराउने व्यक्तिविरूद्ध तत्काल कारबाही गर्न पनि माग गरेका छन् ।