एकाबिहानै विप्लव माओवादीका दुई विधार्थी नेता प्रकाउ

एकाबिहानै विप्लव माओवादीका दुई विधार्थी नेता प्रकाउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ९ साउन २०७३
  • 23.7K
    Shares

सर्लाहीका सुकुम्वासी वस्तीमा सरकारले गरेको दमन विरुद्द आज नेपाल बन्द घोषणा गरेको विप्लव नेतृत्वको नेकपा माओवादी समर्थित अखिल क्रान्तिकारी कास्कीका दुई जना नेतालाई प्रहरीले आज बिहानै गिरफ्तार गरेको छ , प्रहरीको गिरफ्तारीमा पर्ने विद्यार्थी नेताहरुमा अखिल क्रान्तिकारी कास्कीका सह सचिव प्रकाश वास्तोला र अशोक भन्डारी रहेका छन् ।

 अखिल क्रान्तिकारी कास्कीका सह सचिव प्रकाश वास्तोला
अखिल क्रान्तिकारी कास्कीका सह सचिव प्रकाश वास्तोला
अखिल क्रान्तिकारी कास्कीका नेता अशोक भन्डारी
अखिल क्रान्तिकारी कास्कीका नेता अशोक भन्डारी

उनीहरुलाई एका बिहानै ५ .२५ मा पोखराको लखन चोकस्थित माओवादी कार्यालय अगाडिवाटै प्रकाउ गरेको छ। आफ्ना कार्यकर्ता प्रकाउ परेको पुष्टि गर्दै अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष मिलन राईले शान्ति पुर्ण आन्दोलनमा उत्रेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै, सरकारको रवैया विरुद्द नेपाली जनताले आन्दोलन छेडेरै छाड्ने र आन्दोलन नरोकिने दाबी गरे ।

प्रतिक्रिया