बिक्री वितरण गर्ने उद्देश्यका साथमा डोकोमा लुकाई राखेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजार पोखराले ठूलो मात्रामा लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेका अभियुक्तहरुमा पोखरा लेखनाथ महानगरपालिका २२ पुम्दी भुम्दी बस्ने वर्ष कि ५५ बुद्दिमाया लामा, वर्ष ३१ को निजको छोरा गोबिन्द लामा र वर्ष २७ की दिक्षा गुरुङलाई रहेका छन् ।
पुम्दी भुम्दी बस्ने वर्ष ५५ की बुद्धिमाया लामाको घर गोठमा डोकोमा लुकाईछिपाई राखेको लागु औषध विशेष सूचनाका आधारमा खोजतलास गर्दै जादाा वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले फेला पारेको हो ।
प्रहरीले उनीहरुको साथवाट लागुऔषध नरफिन दुईसय ५० थान, फेनरागन दुईसय ५० थान, डाईजापाम्प दुईसय ५० थान लागुऔषध बरामद गरेको छ । साथै प्रहरीले उनिहरुको साथवाट सामसुङ मोबाईल १ थान, ल्यापटप १ थान, आईफोन मोबाईल१ थान समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
