पोर्चुगल पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

पोर्चुगल पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १२ साउन २०७४
  • 8.3K
    Shares

काठमाडौं । पोर्चुगल पठाइदिने भन्दै रकम उठाउने एकजनालार्इ प्रहरीले पक्राउ गरेको छ । रोल्पा सुनछहारी गाउँपालिका वडा नं २ घर भई हाल काठमाडौं गंगबुस्थित “गामा ट्राभल्स एण्ड टुर्स ” संचालन गरी बस्ने वर्ष ३२ को जय प्रकाश बुढा मगरलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रकाश बुढा मगरले एक व्यक्तिलाई पोर्चुगल पठाईदिन्छु, मासिक तलब रु ८०,०००।–(अक्षरुपी असी हजार रुपैँया) हुन्छ भनि विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई रु १२,००,०००/- (अक्षरुपी बाह्र लाख रुपैँया) रकम लिई दुवईमा २ महिना ३ दिनसम्म राखी दुवईबाट इराक पठाएको र इराकको एयरपोर्टमा नक्कली भिषा हो भनि नेपाल फिर्ता पठाईएपछि पुन: दक्षिण अफ्रिका पठाउँछु भनि विभिन्न बहाना गर्ने गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार