एक जना महिलाले अाफ्नै श्रीमानको लिङ्ग नै काटिदिएकी छन् । चार सन्तानकी अामा समेत रहेकी उनले श्रीमानको काटिएको लिङ्ग पर्समा बोकेर माइतीघर गएको समाचार छ ।
यो भारतको तमिलनाडुको गुडियट्टमको समाचार हो । तमिलनाडु प्रहरीका अनुसार श्रीमानको अरु महिलाहरुसँग अवैध सम्बन्ध राखेको भन्दै श्रीमतीले लिङ्ग नै काटिदिएकी हुन् ।
काटिएको लिङ्ग बोकेर माइतीघर जाँदै गरेकी सरासुलाई प्रहरीले बीच बाटोबाटै पक्राउ गरेको थियो ।
भारतीय संचारमाध्यमका अनुसार प्रहरीले ती महिलालाई भी कोटास्थित माइती जाने बाटोबाट पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गर्दा उनले श्रीमानको काटिएको लिङ्गलाई उनले पर्समा बोकेकी थिइन् ।
सरासु र जगादिसानको गार्मेन्ट फ्याक्ट्रीमा काम गर्ने बेला प्रेम बसेको थियो । उनीहरुको १४ वर्ष अघि विवाह भएको हो । उनीहरुका एक छोरा र तीन छोरी छन् ।
पारिवारिक झगडा पछि सरासु करिब एक वर्ष अघि माइतीमा बस्दै आएकी छिन् । उनका सन्तान भने गुडियटमस्थित हजुरबुवाको घरमा बस्दै आएका छन् । उनीहरु स्थानीय विद्यालयमा पढिरहेका छन् ।
यो जोडीको १३ वर्षीय जेठो छोराले जन्मदिनमा आमालाई घर आउन आग्रह गरे । ‘उनी जुलाई १७ तारिखमा छोरोको जन्मदिन मनाउन त्यहाँ पुगिन् । उनका छोराले आमालाई बुवासँगै बस्न आग्रह गरे र यसमा उनले स्विकोरिक्ति जनाइन् ।
गत बुधबार बेलुका जगदिसान रक्सी पिएर घर आए र श्रीमतीसँग झगडा गरे । माइतीमा बस्दा उनले उनको पवित्रतामाथि पनि प्रश्न उठाउँदै कसैसँग सम्बन्ध भए नभएको बारे केरकार गर्न थाले । सरासुले आफू नभएका बेला अन्य महिलालाई घरमा ल्याएको भन्दै बताएपछि विवाद सुरु भएको थियो ।
प्रहरीका अनुसार झगडा बिहिबार बिहान २ बजेसम्म जारी रह्यो । त्यसपछि उनका श्रीमान सुत्न गए । करिब ३ बजेतिर सरासूले भान्छाबाट धारिलो हतियार ल्याइन् र श्रीमानको लिङ्ग काटिन् । उनी काटिएको लिङ्ग बोकेर तत्काल माइतीतर्फ हिँडिन् ।