दाङ । दाङको शान्तिनगर गाउँपालिका २ का वडाध्यक्ष पर्साराम डागीले कुटेर दुई युवा समुहको बिवाद मिलाउने प्रयास गरेका छन् ।
नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पर्साराम डागीले स्थानीय अनन्त पुनका बुबा र दुई जना कांग्रेस सर्मथक बिचमा भएको सामान्य बिवादको बिषय मिलाउन भन्दै वडा कार्यालयमा बोलाएर यस्तो हर्कत देखाएका हुन् ।
पिडित पुनले आफु खेत जोत्न लागेको समयमा मेलमिलाप छ भनेर बोलाई कुटपिट गरेको दुखेको पोखे । ‘न्याय पाउने निकायमा जनप्रतिनिधिकै संलग्नातामा आफुले कुटाई खानुपर्यो पुनले भने ‘अब हामी जनताले कसको भरोसा गर्ने प्रहरीमा त उजुरी गरेको छु ।’
साउन ८ गते, २०७४