पोखरा/ आज पहिलो साउने सोमबार हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारमा महिलाहरुले भगवान शिवको उपासना गर्दै निराहार ब्रत लिने गर्छन् ।
साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा आफ्नो मनोकांक्षा पूरा हुन्छ भन्ने लोक मान्यता छ ।
साउन लागेपछि प्रायः हिन्दु धर्मावलम्बी महिलाहरु रातो, हरियो पहिरनका साथ चुरा र मेहन्दी लगाएर धार्मिक कार्यमा लाग्ने प्रचलन छ । यो महिना मेहन्दीको व्यापार राम्रो हुने गरेको छ ।
आज पहिलो साउने सोमबारका लिन राजधानी लगायत देशका विभिन्न स्थानका शिव मन्दिरहरुमा दर्शनार्थी महिलाहरुको घुइँचो लागेको छ ।
तस्बिर पुल प्रसाद गुरुङ पोखरा