१ साउन, पोखरा । पोखरा लेखनाथ महानगरपालिका आजदेखि हर्न निषेधित क्षेत्र बनेको छ । यस सँगै अब पोखरामा अनावश्यक हर्न बजाउन पाइने छैन । हर्न निषेधित क्षेत्र घोषणा गरिए पनि साउन ८ देखि भने कारबाही शुरु हुनेछ ।
घुम्ती वा घुमाउरो बाटो , आकस्मिक अवस्थामा भने हर्न बजाउन पाइने ।पैदल यात्रुलाई जेब्राक्रसबाट मात्र बाटो काट्न आग्रह गर्दै चकलेट वितरणसमेत गरिनेछ ।
साउन ८ गतेपछि अनावश्यक रुपमा हर्न बजाएमा पहिलो पटकमा पाँच सय जरिवाना गरिनेछ ।दोश्रोपटक उलंघन गरे एक हजार र त्यो भन्दा बढी पटक उल्लघन गर्नेलाई १५ सय रुपैयाँसम्म जरिवाना तिराइने उनले बताए ।
यातायात ब्यबसायीहरुले भने पूर्वाधार बिना नै घोषणा भएको भन्दै हर्न निशेधित क्षेत्र नमान्ने बताएका छन् । हर्न निषेधित क्षेत्र घोषणा अघि चिप्लेढुङ्गाबाट शुरु भएको र्याली न्यूरोड हुँदै पोखरा सभागृहमा पुगेर हर्न सभामा परिणत भएको थियो ।