अन्तत: पोखराबाट १८ बर्षदेखी निरन्त प्रकाशन हुँदै आएको पोखरा हटलाईन दैनिकलाई साइबर क्राइम मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ । सफाईको फैसला आईतबार न्यायधिश द्वय बैधनाथ उपाध्याय र चोलेन्द्रसमशेर राणाको संयुक्त इजलासले गरेको हो ।
हाल राष्ट्रपतिका प्रेस सल्लाहकार समेत रहेका बरिष्ठ पत्रकार माधव शर्मा सम्बध्द पोखराबाट प्रकाशित हटलाइन दैनिकले करीब छ वर्ष अघि प्रकाशित गरेको एक समाचारप्रति असन्तुष्टि प्रकट गर्दै आदिवासी जनजाति पत्रकार संघ कासकी अध्यक्ष होम गुरुँग नेपाल प्रहरीको अपराध अन्वेषण शाखामा पत्रिका बिरुद्ध बिध्युतिय अपराध ऐन अन्तर्गत कानुनि कारबाहीको माग गरेर उजुरी दर्ता गरेका थिए । तर पत्रिका ब्यबस्थापनले सो पत्रिकाको इमेल ह्याक गरेर आदिवासी जनजाति पत्रकार संघ काश्की अध्यक्ष होम गुरुँगबारे समाचार छापिंएको बताउंदै आएको थियो ।
सो समाचार प्रकाशन पछी परेको उजुरीका आधारमा पत्रिकाका व्यवस्थापक राजु भण्डारी र हरि पन्तलाई नेपाल प्रहरीको अपराध अन्वेषण शाखाले पक्राउ गरेको थियो ।
यस मुध्दामा पत्रकारलाई ५ बर्ष क़ैद र १ लाख जरिवाना हुन सक्ने प्राबधान छ । संभवत: साइबर क्राइमअन्तर्गत पत्रकार र पत्रिकाबिरुध्द लगाइएको पहिलो मुध्दा हो ।