प्याराग्लाईडिङ सिक्ने क्रममा मृत्यु भएका प्रभात सुबेदीको दुर्घटना नभई हत्या भएको आफन्तको आरोप

प्याराग्लाईडिङ सिक्ने क्रममा मृत्यु भएका प्रभात सुबेदीको दुर्घटना नभई हत्या भएको आफन्तको आरोप


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० असार २०७४
  • 103.8K
    Shares

आश तमु, पोखरा / प्याराग्लाईडिङ सिक्ने क्रममा दुर्घटनामा परी यही असार ५ गते मृत्यु भएका प्रभात सुबेदीको दुर्घटना नभई हत्या भएको आफन्तले आरोप लगाएका छन ।

शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मृत्यका काका गजेन्द्र सुवेदीले ब्लुस्काई प्पाराग्लाईडिङ कम्पनि तालिम संञ्चालन गर्ने संस्था भएपनि यसको कुनै पनि पूर्वाधार विना तालिम दिने गरेको उनले उल्लेख गरे । प्रशिक्षार्थिहरुको स्वास्थ परिक्षण बिना उडान गराउने, तालिम स्थलमा मा न डाक्टर न प्राथमिक उपचार छ यो कस्तो तालिम दिने संस्था हो उनले प्रति प्रश्न गरे । तालिम संञ्चालन गर्ने अनुमति तनहुको बन्दिुपुर रहेकोमा सराङकोट बाट किन उडाईयो त्यसकारण आफ्नो भतिजको दुर्घटना नभई हत्या भएको उनको आरोप छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३० का २५ वर्षीय प्रभात सुवेदीको प्याराग्लाईडिङ प्रशिक्षणका क्रममा असार ५ गते दिउँसो साढे २ बजे ब्लु स्कार्इृ प्पाराग्लाईडिङमा तालिमको क्रममा फेवातालमाथि करिब १२० मिटरको उचाईमा प्पाराग्लाईडिङ उडाई रहेको अबस्थामा तालमा खशि सुवेदीको निधन भएको थियो ।

यसै विषयलाई लिएर मृतक प्रभातका काका गजेन्द्र प्रसद च्वाईँले प्रहरीमा ब्लुस्काई फ्लाईड स्कुल प्रा.लि.का सञ्चालक नारायणप्रसाद पराजुली र प्रशिक्षक दामोदर पराजुलीका विरुद्धमा जिल्ला प्रहरी कार्यालय कास्कीमा कारवाहीका लागि पीडित परिवारले शुक्रबार किटानी जाहेरी दिएका छन् ।

तालिमका क्रममा रिजर्भ प्यारासुट खोलेरमात्र ग्लाईडर बन्द गर्न लगाउनु पर्नेमा रिजर्भ प्यारासुट नखोली ग्लाईडर बन्द गर्न प्रशिक्षकले तल रेडियो सेटबाट सूचना दिएपछि सो दुर्घटना भएको दुर्घटनाका क्रममा लिइएको भिडियो रेकर्डमा प्रष्ट देखिने अभिभावक गजेन्द्रले बताए ।

अभिभावक गजेन्द्रले पत्रकार सम्मेलनमा काका गजेन्द्रले रुदै भने–‘दुर्घटना पश्चात् प्रभातको तत्कालै उद्दार हुन सकेको भए ऊ बाँच्ने थियो । न त्यहाँ चिकित्सक थिए, न त स्वास्थ्यकर्मी नै ।’

आफ्नो परिबारमा यस्तो बज्रपात हुदा संञ्चालक पराजुलिले कुनै बास्ता नगरेको र मृत्यको आत्माको शान्तिको लागि २० लाखको प्रभात स्मृति छात्राबृद्धिको स्थापना गर्ने संञ्चालकलाई आग्रह गर्दा उनिहरुले अस्विकार गरेको उनले बताए छन ।

मापदण्ड पुरा नगरी सञ्चालित उक्त संस्थाको चरम लापरवाहीका कारण यस अघि पोखरा लेकसाईडका शैलेश पहारीले ज्यान गुमाउन पुगेका थिए । पहारीको दुर्घटना पश्चात् ६ महिनाका लागि निलम्बनमा परेको उक्त संस्था आर्थिक चलखेलका कारण मापदण्ड पुरा नगरी पुनः सञ्चालनमा आएको थियो ।

आफुले नागरिक उड्यन कार्यालय, जिल्ला प्रहरी कार्यलय कास्की र जिल्ला प्रशासन कार्यालयमा जाहेरी दिदा पनि केही बास्ता नगरेको उनले पत्रकारहरुका माझ दुखेसो पोखे ।

पीडित परिवारले प्रभात जस्तै अन्य होनहार युवाको अकालमा ज्यान नजाओस् भन्दै ब्लु स्काई प्याराग्लाईडिङका सञ्चालकहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै उक्त प्रशिक्षण केन्द्र सदाका लागि बन्द गर्नुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया