पोखरा। विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आवहान गरेको दिन पोखरा लेखनाथ १० इन्द्रचोकमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।
शंकास्पद बस्तु भेटिए पछि पहिचान र निश्क्रिय पार्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई झिकार्इ उक्त शंकास्पद बस्तु डिस्पोज गरि हेर्दा बम नभएको पुष्टि भएको हो ।
नेपाली सेनाको कालिभञ्ज्याङ गणबाट बम डिस्पोजल टोलीले डिस्पोज गरे पछि रङको बट्टा मात्र भएको प्रहरीले बताएको छ ।

