आश तमु,पोखरा/ पटक पटक जमिन भासिँदै आएको पोखरामा गएरातिको अविरल वर्षाले पोखराका विभिन्न ठाउहरुमा भासिने क्रम बढ्दै गएको छ। अविरल बर्षाका कारण महानगरको वाटुलेचौर चोक र नदिपुर पोखरा भ्याली क्यामपसको पारी घरको आगननै भासिएको हो।
बाटुलेचौरमा जमिन भासिदा बिजुलीको पोल सहित ट्रान्समिटरमा क्षति पुग्दा बिद्द्युत आपुर्ती समेत रोकिएको छ भने यता नदिपुरमा पानी बग्ने नालाको उचित व्यवस्था नहुँदा झण्डै १५ बर्ग मिटर खाल्टो नै परेको घरधनीले बताए।
नाली तर्फ देखाउदै उनले भने”नालीको उचित व्यवस्था छैन,जसले गर्दा यहाको १० घर जोखिममा छ। हामीले पटक पटक पटक महानगरपालीकालाई जानकारी गराई सक्दा पनि सुनुवाई भको छैन। “उक्त भ्वाङलाई सम्याउन मात्रै ५ ट्रक ढुङ्गा र बालुवा लागेको बताए।
बेला बेला भासिदै आएको पोखरा अगिल्लो दिन मात्रै लामाचौरको मुख्य सडक नै भसिएको थियो।
यसैबीच प्राप्त जानकारी अनुसार, पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित संगमचोकमा पनि गएराती परेको अविरल वषर्ाकाकारण पानी जम्मा भई नालीमा भ्वाङ परेको छ । सो भ्वाङले छेवैमा रहेको विद्युत् ट्रान्सर्फमर समेत ढल्ने अवस्थामा रहेको छ ।