साँझ विधार्थी छुट दिन नमिल्ने भन्दै विधार्थीमाथि दुर्व्यवहार,चौबिसै घण्टा विद्यार्थी छुट गर्न पोखराका मेयरको निर्देशन

साँझ विधार्थी छुट दिन नमिल्ने भन्दै विधार्थीमाथि दुर्व्यवहार,चौबिसै घण्टा विद्यार्थी छुट गर्न पोखराका मेयरको निर्देशन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ असार २०७४
  • 15.4K
    Shares

विद्यार्थी परिचयपत्रमार्फत छुटको व्यवस्था सुनिश्चित गर्न आइतबार पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई अनेरास्ववियु पोखरा पोखरा ईञ्जीनियरिंग कलेजले ज्ञापन पत्र बुझाएको छ ।

गत बिहिबार साँझ पोखरामा यात्राका क्रममा अनेरास्ववियु केन्द्रीय सदस्य रिता ढकाल विद्यार्थी परिचयपत्रका आधारमा छुट दिन नगर बसले अस्विकार गरी साँझमा विद्यार्थी छुट दिन नमिल्ने भन्दै तोकिएको भन्दा बढि भाडा उठाउन खोज्दा त्यसको प्रतिकार गरेपछि उनलाई बस नं. ग १ ख ५००४ ले दुव्र्यवहार  गरी बसबाट ओरालेको थियो ।

ज्ञापन पत्र बुझ्दै मेयर जिसीले विद्यार्थी परिचयपत्रका आधारमा विद्यार्थीले जुन सुकै समयमा पनि विद्यार्थी छुट पाउनु पर्ने बताए। मेयर जिसीले कार्यकक्षबाट पोखरा नगर बस व्यवसायी समितिका अध्यक्षलाई टेलिफोन गरी विद्यार्थी पत्रका आधारमा चौबिसै घण्टा ४५ प्रतिशत छुट गर्ने सरकारी नीतिको पक्षमा उभिन व्यवसायीहरुलाई निर्देशन समेत गरेका छन् ।

यसैबीच पीडित ढकालले मेयर तथा पोखरा बस व्यवसायी समितिलाई उक्त घटनाका दोषीहरुलाई कारबाही गर्नका लागि लिखित निवेदन समेत दिएकी छिन् । अनेरास्ववियुले आइतबार नै पोखरा बस व्यवसायी समितिलाई समेत ज्ञापन पत्र बुझाएको अनेरास्ववियुले जनाए ।

प्रतिक्रिया