लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय गण्डकी पोखराको विशेष प्रहरी टोलिले ठुलो मात्रा लागुऔषध ओसारपसारमा संलग्न एक जनालाई आईतवार पक्राउ गरेको छ ।
पोखराको शिसुवावाट पक्राउ परेका २६ वर्षिय जितेन्द्र गुरुङको साथबाट ठूलो मात्रामा डाईजापाम ५९८ थान, नुर्फिन २८८ थान, टेलिजेसिक २९२ थान र फेनरागन ६०७ थान गरी जम्मा १७८५ थान लागुऔषध बरामद गरिएको छ ।
भारतीय नागरिकले भारतबाट पोखरा सम्म लागुऔषध पठाउने विशेष सुचनाको आधार खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो । लागुऔषध नियन्त्रण व्यूरो गण्डकीका प्रमुख प्रहरी निरीक्षक रविन्द्रमान गुरुङ सहितको टोलीले लागुऔषध सहित ओसारपसारमा संलग्न ब्यक्तिलाई नियन्त्रणमा लिन सफल भएको हो ।
भारतीय नागरिक विवेक भनिने कमलेश गुप्ताले भारतवाट पोखरासम्म लागुऔषध पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेको ब्यक्तिमाथि लागुऔषध मुद्धा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको छ । उनी हाल कास्की प्रहरीको हिरासतमा छन् ।