बैदेशिक रोेजगारी:गाउँ भन्दा सहरमा बस्ने मानिस बढी ठगि

बैदेशिक रोेजगारी:गाउँ भन्दा सहरमा बस्ने मानिस बढी ठगि


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ असार २०७४
  • 12.1K
    Shares

आश गुरुङ,पोखरा/ बैदेशिक रोेजगारीकोलागि सुरक्षित आप्रवासन ( सामी परियोजना ) कास्कीले आइतवार पत्रकार भेटघाटमा बोल्दै परियोजना प्रमुख माया गुरुङले कास्कीको तथ्याङ्क र ठगीको उजुरीका आधारमा गाउँ भन्दा सहरमा बस्ने मानिस बढी ठगिने गरेको वताएका छन।

विदेश जाने नाममा ठगिने मध्ये गाउँका भन्दा सहरका बढी छन् । कास्कीको तथ्याङ्क र ठगीको उजुरीका आधारमा गाउँ भन्दा सहरमा बस्ने मानिस बढी गरिने गरेको पाइएको हो ।

पछिल्लो एक बर्षमा सामी परियोजना मार्फत दर्ता भएका ८५ ठगीका उजुरी मध्य ७५ प्रतिशत सहरका वाँकी २५ प्रतिशत गाउँका रहेको गुरुङले बताए।

गुरुङका अनुसार विशेष गरी सहरमा हुने ठगीमा ब्यक्तिवादी ठगी बढी र ठूला देश अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका देश लैजाने भन्दै ठूलै रकम ठगी हुने गरेको पाइएको छ । पछिल्लो एक बर्षमा दर्ता भएका ८५ वटा मुद्धामा ४० वटाले न्याए पाएको र ४५ वटा प्रक्रियामै छन् । यसअमध्ये २३ वटा मुद्धा स्थानीय स्तरमा समाधान गरिएको थियो ।

यस अबधिमा १५ वटा मुद्धामा क्षतिपूर्त समेत प्रदान गरिएको छ । जसमध्ये क्षतिपूर्ति मार्फत एक करोड २२ लाख ८७ हजार रुपैया प्रदान गरिसकिएको गुरुङले बताइन् । श्रम स्विकृति लिएर वैदेशिक रोजगारीमा पुगेका तर विभिन्न कारणले मृत्यु भएका ब्यक्तिको परिवारलाई ९६ लाख ७७ हजार ४९६ रुपैया प्रदान गरिएको र रकम ठगीमा परेका मध्येबाट २६ लाख १० हजार रुपैया असुल गरिएको परियोजनाले जनाएको छ ।

विगत तीन बर्षदेखि सामी परियोजना मार्फत वैदेशिक रोजगारीमा जानेको लागि सुचनाको पहुच बढाउने, न्यायको पहुँच अभिबृद्धि गर्ने तथा सिप अभिबृद्धि गर्ने गरिएको छ । काठमाडौं र कास्कीको पोखरा सहित देशभरका १९ जिल्लामा यो परियोजना मार्फत सुरक्षित बैदेशिक रोजगारीको लागि सचेतना प्रदान गर्ने काम भैरहेको छ ।

कास्कीका वितेको एक बर्षमा ५ हजार ८०२ जनालाई प्रत्यक्ष रुपमा सुचना प्रदान गरिएको र त्ससमध्ये दुई हजार ५६ महिला छन् ।  परियोजनाकी परामर्शतादा जुना केसीका अनुसार पछिल्लो समय सिप सिकेर मात्र बैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ ।

प्रतिक्रिया