“पानीपुरी,चटपट इभेण्ट”बाट वचत रुपैयाले कास्कीका गाउ गाउमा सचेतना कार्यक्रम गर्दै फेसबुकको युवा समुह

“पानीपुरी,चटपट इभेण्ट”बाट वचत रुपैयाले कास्कीका गाउ गाउमा सचेतना कार्यक्रम गर्दै फेसबुकको युवा समुह


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ असार २०७४
  • 11.5K
    Shares

युनाईटेड युथ फर नेसन नामक संस्थामा आवद्ध पोखरा क्षेत्रका करिब १५ जना फेसवुकको युवाहरुको समुहले कास्की क्षेत्रका केहि गाँउहरुमा पुगेर युवा तथा बिद्यार्थीहरुलाई सचेतना मुलक मोटिभेसन कार्यक्रम गर्ने भएको छ।

पोखराको फेवाताल किनाराको फुट ट्याकमा दुई दिन आयोजना भएको पानी पुरी एण्ड चटपट ईभेण्टबाट बचत भएको ३० हजार रुपैया कास्कीका गाँउ गाँउमा सचेतना मुलक कार्यक्रम गर्ने भएको हो। फेसबुकको माध्यमबाट युनाईटेड युथ फर नेसन नामक संस्थामा आवद्ध पोखरा क्षेत्रका करिब १५ जना युवाहरुको समुहले पानी पुरी र चटपट तथा मिनिरल वाटर विक्रिबाट उक्त रकम बचत गर्न सफल भएका हुन ।

सुक्रबार र शनिबार दिउसो २ बजे देखि वेलुका ७ बजेसम्म फेवाताल किनारामा आयोजना भएको उक्त कार्यक्रममा स्वदेशी तथा विदेशी पर्यटकहरुले सहयोगको लागि भन्दै सहयोग गरेकोले गर्दा उक्त रकम संकलन भएको कार्यक्रम संयोजक फेसवुकको पोखरेलले बताए ।

प्रतिक्रिया