कुस्मा नगरपालिका १ पाङ घर भई कटुवा चौपारी स्थित आईबल एकेडेमी बोडिङ स्कुलमा पढाउँदै आएका एक शिक्षक नारायण पौडेलको शब १५ दिन पछि कालीगण्डकी नदीको किनारमा फेला परेको छ । बाग्लुङ्गको जैमिनी गाउँपालिकाको बेल बगरमा शब फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
२० वर्षिय शिक्षक पौडेल विगत १ महिना अगाडीबाट मात्रै विद्यालयमा पढाउन सुरु गरेका थिए । विद्यालयमा विद्यार्थीलाई यातना दिएको भन्दै विद्यालय प्रशासनले विद्यालय अनाउन भनेका पौडेल एकाएक हराएपछि घटना रहस्यमय बनेको थियो ।
गत जेठ २४ गतेदेखि वेपत्ता भएका शिक्षक पौडेल अन्तिम पटक २५ गतेसम्म परिवारको सम्पर्कमा रहेको भएपनि त्यपछि उनी सम्पर्क बिहिन बनेका थिए । २७ गतेदेखि प्रहरीमा परेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतले खोजी सुरु गरेको प्रहरी निरिक्षक मधुकर जंग बिष्टले जानकारी दिनुभयो ।
मंगलबार पौडेलका परिवारले शवको पहिचान गरेपछि आज शब ल्याउन प्रहरी परिचालन गरिएको बिष्टले बताउनुभयो । के कारणले उनले आत्म हत्या गरे वा अन्य कारण के हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको विष्टले जानकारी दिनुभयो ।