उत्तरी सिनाइ सहरमा सैनिक पोष्टमा आत्मघाती बम आक्रमण,१० सैनिक मारिए

उत्तरी सिनाइ सहरमा सैनिक पोष्टमा आत्मघाती बम आक्रमण,१० सैनिक मारिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ असार २०७४
  • 9K
    Shares

कायरो । उत्तरी सिनाइको रफाह सहरमा रहेको एक सैनिक पोष्टमा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १० सैनिक मारिएको समाचार छ ।

 सो आक्रमणमा परी अन्य २० जना घाइते भएका सुरक्षा स्रोतले जानकारी दिएको छ ।
रफाह सहरको अल बरस गाउँमा रहेको सैनिक पोष्टमा विस्फोट भएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

यस विस्फोटको लगत्तै मुखमा माक्स लगाएका दर्जनौँ आतङ्ककारीले भीषण गोलावारी सुरु गरेको बताइएको छ ।

आतङककारी इस्लामिक स्टेट (आइएस) समूहसँग आवद्ध रहेको अनुमान गरिएको छ । यस आक्रमणको हालसम्म कुनै समूहले जिम्मा भने लिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार