झापा । नेकपा एमाले भद्रपुरबाट बिजयी उम्मेद्वारहरू बाेकेर बिजयी उत्सवकालागि सडकमा गुडेकाे जिप शुक्रबार दिउसाे झापाकाे भद्रपुर २ पृथ्वीनगरको कमलधाप क्षेत्रमा दुर्घटना हुदा २४ जना एमालेका कार्यकर्ताहरू घाइते भएका छन । क्षमता भन्दा तेब्बर यात्रु बाेकेर बिजयी उत्सवमा निस्केकाे मे १ ज १२२४ नम्बरको महेन्द्र जिप सडक किनारमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।
जिप दुर्घटना हुदा घाइते अधिकांसकाे हात खुट्टा भाचिएकाे प्रहरीले जनाएकाे छ । उनिहरूकाे भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको पनि प्रहरीले जनाएकाे छ ।