कोकिन कारोवारमा संलग्न रहेको आरोपमा पाँच जना बंगलादेशी र भारतीय नागरिक पक्राउ परेका छन् । सितापाइलामा रितेश गोयलको घरमा बसेका पाँच जनालाई महानगरीय प्रहरी बृत्त स्वयम्भुले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार चार ग्राम कोकिन सहित एमडी कमल हुसेलो, मोहमद सरिफपुल, एमडी विल्लाल मोरोल, भारतीय नागरिक फिरोज आम्मेद र सञ्जय राय पक्राउ परेका हुन् ।
स्वयम्भू वृत्तले उनीहरु बस्ने टहरामा छापा मारेर तलासी लिंदा कोकिन फेला परेको दाबी गरेको छ । बृत्तका प्रमुख कोमल शाहका अनुसार उनीहरु २ वर्षदेखि नेपालमा बस्ने गरेको र घर बनाउने काममा संलग्न देखिएका छन् ।
‘प्रारम्भिक अनुसन्धानमा घर बनाउने कामदारको रुपमा काम गर्ने गरेको देखिए पनि उनीहरुबारे थप अनुसन्धान गरिरहेका छौं,’ शाहले भने ।