गौहत्या गरेर फरार मन्सुरी पक्राउ

गौहत्या गरेर फरार मन्सुरी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २४ असार २०७३
  • 22.2K
    Shares

गौहत्या गरेर फरार भनिएका कासिम मन्सुरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सप्तरी, बैरवा गाविस–५ का ५५ वर्षीय मन्सुरीलाई उनको घरबाटै पक्राउ गरेको प्रहरी निरीक्षक गौरव महतले बताए ।

मन्सुरीलाई २०७२ साल साउनमा गौहत्या गरेको आरोप लगाइएको छ । अन्य फरार अभियुक्तको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, दुई वर्षदेखि वन मुद्दामा फरार कञ्चनरुप नगरपालिका–९ की ३५ वर्षीया लक्ष्मी चौधरीलाई समेत प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

चौधरीलाई २०७१ सालमा जिल्ला अदालत राजविराजले वन मुद्दाको आरोपमा १० हजार ४२० जरिवाना गरेको थियो ।

बालक मृत
बिहीबार साँझदेखि बेपत्ता एक बालक मृत फेला परेका छन् । सप्तरीको हनुमाननगर योगिनियामाई नगरपालिका–१ स्थित पश्चिमी नहरमा डुबेर बेपत्ता राजकुमार मण्डलका चार वर्षीय छोरा ऋषिकुमार मृत फेला परेको  प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया