सेती नदीमा बढेको बाढीले रामघाटको मुख थुनिदा ठूलो ताल

सेती नदीमा बढेको बाढीले रामघाटको मुख थुनिदा ठूलो ताल


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ असार २०७४
  • 27.2K
    Shares

आश तमु,पोखरा/ पोखराको मध्यभाग भएर बग्ने सेती नदीमा बढेको बाढीले रामघाटको मुख थुनिदा ठूलो ताल बनेको छ ।  नदी थुनिदा रामघाटको शबदाह स्थल लगायत आसपासको सुकुम्वासी बस्ती समेत डुवानमा परेको छ । नदी किनारमा बस्ने करीब ५० परिवार जोखिममा परेका छन् ।

पानी पर्न रोकिएकाले पानीको वहाव घट्न थालेपनि फेरी पानी पर्ने सम्भावना रहेकाले स्थानिय त्रसित बनेका छन् । सो क्षेत्रमा हरेक वर्ष रामघाट थुनिदा स्थानिय समस्यामा पर्ने गरेका छन् ।

यसैविच बर्षाको कारण सेती किनार स्थित पोखराका विभिन्न स्थानको जमिन भासिएको छ । पोखराको घारिपाटन, दोविल्ला लगायतको क्षेत्रमा पहिरो खसेको छ । तस्विर : सुदर्शन रञ्जित 

प्रतिक्रिया