जथाभावी प्लटिङले पोखराको छोरेपाटन डुबानमा,फेरी भासियो जमिन

जथाभावी प्लटिङले पोखराको छोरेपाटन डुबानमा,फेरी भासियो जमिन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ असार २०७४
  • 33.9K
    Shares

आश तमु,पोखरा /पोखरा लेखनाथ १७ सितलचौतारी छोरेपाटनमा पुन यसअघि भासिएको भन्दा झण्डै ५० मिटर माथि एउटा घरनै जोखिममा पर्ने गरी जमिन  भासिएको छ ।

घरको जग भित्रैबाट भासिएको जमिन हुदै पानी बगेको छ । जमिन भासिदा घरको पर्खालमा क्षति पुगेको छ ।

यसअघि ५० मिटर तल स्थानीय चुडामणी बोगटीको खेत भासिएको सो स्थानमा माटो भरेर पुरिएपछि राती अर्को स्थानमा भासिएको हो ।

यसैविच दामोदर खोलामा पानीको बहाव बढेपछि दामोदर कुनाका १५ भन्दा बढी घर डुवानमा परेका छन् । जथाभावी प्लटिङले विगत ३ बर्षलेखि डुवानमा पर्दै आएको हो

प्रतिक्रिया