इलामको मतदान केन्द्रमा बम विष्फोट

इलामको मतदान केन्द्रमा बम विष्फोट


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ असार २०७४
  • 26.1K
    Shares

इलाम / स्थानीय तहको आज भईरहेको निर्वाचनका क्रममा मतदान भइरहेका बेला इलाम नगरपालिका–७ स्थित आदर्श आधारभूत विद्यालयको मतदान केन्द्रमा बम विष्फोट भएको छ ।

विष्फोटबाट कुनै मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनु भयो ।

मतदान भईरहेका बेला आज बिहान १० बजेर २० मिनेटमा बम विष्फोट भएको हो ।
जिल्लाका अन्य सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।’ बम विष्फोट कसले गरायो भन्नेबारे अनुसन्धान भइरहेको दाहालले बताउनु भयो ।
बिस्फोटपछि नेपाली सेनाको टोलीले सो क्षेत्रमा सुरक्षा दिईरहेको छ ।

प्रतिक्रिया