अविरल बर्षासंगै परेको पहिरोले नुवाकोटका विभिन्न सडकमार्ग अवरुद्ध

अविरल बर्षासंगै परेको पहिरोले नुवाकोटका विभिन्न सडकमार्ग अवरुद्ध


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ असार २०७४
  • 10K
    Shares

नुवाकोट : अविरल बर्षासंगै परेको पहिरोले नुवाकोटका विभिन्न सडकमार्ग अवरुद्ध भएका छन् ।

पहिरोले पासाङल्हामु मार्गको तादी–काठमाडौ तथा ढिकुरे–सातविसे सडकखण्ड बुुधबार विहानैदेखि अबरुद्ध भएका छन् । सडक अवरुद्ध भएपछि पासाङल्हामु मार्गको तादी–काठमाडौ सडकखण्डको बीचमा रहेको ककनी गाउंपालिका वडा नं. ४ सिस्नेरीमा सडक अवरुद्ध हुँदा दर्जनौं गाडीहरु रोकिएका छन् ।

यस्तै पहिरोका कारण नुवाकोटको ढिकुरे–सातबिसे सडकखण्ड अन्तर्गत तादी गाउंपालिका खरानीटार नजिकै सडक माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको डिभिजन सडक कार्यालय नं. ५ नुवाकोटका प्रमुख रोहितकुमार बिसुरालले जानकारी दिनुभयो । पहिरो पन्छाउन काठमाडौवाट हेभीईक्युपमेण्ट मेसिन मगाइएको उहाँले बताउनुभयो ।

उता, नुवाकोटको पश्चिमी भेगमा रहेको मेगाङ गाउपालिका वडा नं. ६ सामरीमा रहेको पनेरा टोलमा पनि पहिरो गएको छ । नुवाकोटको दुर्गम भेगमा रहेको पनेराटोलमा पहिरो निरन्तर रुपमा खसिरहेकाले आवतजावत बन्द भएको छ । रातभर बर्षा भएसगै गएको पहिरो नरोकिएपछि स्थानीयवासी त्रसित बनेका छन ।

प्रतिक्रिया