कोलम्बियामा डुंगा दुर्घटना, ९ जनाको शव फेला, कयौं बेपत्ता

कोलम्बियामा डुंगा दुर्घटना, ९ जनाको शव फेला, कयौं बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ असार २०७४
  • 7.1K
    Shares

कोलम्बिया/  उत्तरपश्चिम कोलम्बियामा एउटा डुंगा डुब्दा कयौं यात्री बेपत्ता भएका छन् । अधिकारीहरुका अनुसार ९ जनाको शव फेला परेको छ ।उक्त डुंगामा करिब एक सय ५० यात्री सवार थिए ।

डुंगामा सवार यात्रीमध्ये अधिकांश पर्यटक रहेको बताइएको छ । तर उनीहरु कुन–कुन मुलुकका थिए भन्नेबारे प्रष्ट भइसकेको छैन ।

मेडलिन सहर नजिकै सो दुर्घटना भएको हो । केही यात्रुको भने उद्धार गरिएको छ । उद्धार गरिएका यात्रुको संख्या खुलाइएको छैन ।उद्धारका लागि सेनाको हेलिकोप्टरसमेत परिचालन गरिएको छ । (एजेन्सी)

 

प्रतिक्रिया
सम्बन्धित समाचार